मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको योगदान महत्त्वपूर्ण : प्रदेश प्रमुख भट्ट

असल र क्षमतावान युवाले मात्र मुलुकको समृद्धिमा योगदान दिन सक्ने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गण्डकी, १२ मङ्सिर : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसीजले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । पोखरा जेसीजको ४७औँ शाखा अधिवेशन तथा ५२औँ वार्षिक साधारणसभामा शनिबार बोल्दै उहाँले असल र क्षमतावान युवाले मात्र मुलुकको समृद्धिमा योगदान दिन सक्ने उल्लेख गर्नुभयो ।

“जीवनको सबैभन्दा सक्रिय र ऊर्जाशील उमेर १८ देखि ४० वर्षसम्मका युवाहरूको साझा संस्था जेसिजले युवालाई एकीकृत गर्दै नेतृत्व तथा व्यक्तित्व विकासका क्षेत्रमा सक्रियतापूर्वक लागिरहेको पाएको छु”, उहाँले भन्नुभयो ।

विधिको शासन, विश्व बन्धुत्व, आर्थिक न्याय र मानवताको सेवासँग युवालाई जोड्नु महत्वपूर्ण रहेको भन्दै उहाँले सकारात्मक सोच र रचनात्मक काम गर्ने जेसिज सहर केन्द्रित मात्रै नभएर ग्रामीण क्षेत्रतिर पनि फैलन आवश्यक रहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
२०८३ मंग्सिर १२, शनिबार
शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन मन्त्री लम्सालको निर्देशन
२०८३ मंग्सिर १२, शनिबार
वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता
२०८३ मंग्सिर १२, शनिबार
युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको योगदान महत्त्वपूर्ण : प्रदेश प्रमुख भट्ट
२०८३ मंग्सिर १२, शनिबार
बर्दियामा स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तारको तयारी
२०८३ मंग्सिर १२, शनिबार
दसौँ राष्ट्रिय खेलकुद : एपीएफसँग अङ्क बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
२०८३ मंग्सिर १२, शनिबार
भेरी अस्पतालमा स्वास्थ्य सेवा थपिने क्रम बढ्दै
२०८३ मंग्सिर १२, शनिबार