मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

भेरी अस्पतालमा स्वास्थ्य सेवा थपिने क्रम बढ्दै

न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बाँके, मङ्सिर १२ गते । पश्चिम नेपालका हजारौँ बिरामीको आशा र भरोसाको केन्द्र मानिने नेपालगन्जस्थित भेरी अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा थपिने क्रम बढ्दै गएको छ ।

सोही क्रममा अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवालाई थप विस्तार गर्दै न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा पनि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस सेवाको सुरुवातसँगै पश्चिम नेपालका तीन प्रदेशका बिरामीहरूले अब न्यूरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा भेरी अस्पतालमै सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन् ।

लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विपन्न र मध्यम वर्गमा नागरिकको प्रमुख उपचार केन्द्र रहेको यो अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु भएकोले यसबाट हजारौँ विपन्न तथा मध्यम वर्गका बिरामीले लाभ पाउने भेरी अस्पताल विकास समितिका अध्यक्ष डा. लक्ष्मण सिग्देलले बताउनुभयो ।

उहाँका अनुसार अस्पतालको ६ नं. ओपीडी (बहिरङ्ग सेवा) बाट प्रत्येक हप्ताको मंगलबार र बिहीबार न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको छ । यसले सम्बन्धित समस्याबाट प्रभावित बिरामीहरूलाई समयमै विशेषज्ञ चिकित्सकीय परामर्श, रोग पहिचान तथा उपचारको पहुँचमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले जनाउनुभयो ।

उहाँले यस सेवाका लागि भेरी अस्पतालमा न्यूरो सर्जन डा. आलोक चन्द ठाकुर तथा प्लास्टिक सर्जन डा. नोबेल पोखरेलको आगमनपछि यो विशेषज्ञ सेवा उपलब्ध भएको बताउनुभयो । दुवै विशेषज्ञ चिकित्सकको विशेषज्ञता, ज्ञान, सीप र अनुभवबाट यस क्षेत्रका नागरिकले गुणस्तरीय तथा विशिष्टीकृत स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास समेत डा. दर्नालले व्यक्त गर्नुभयो ।

यसअघि एक कार्यक्रमबिच अस्पताल विकास समितिका सदस्य डा. डक्ट प्रसाद धिताल, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल, सर्जरी विभागका विभागीय प्रमुख डा. सुरेश कुमार नाग, अस्पताल नर्सिङ प्रमुख पद्मा देवी देवकोटा, मेडिसिन विभागका विभागीय प्रमुख डा. राजन पाण्डे, रेडियोलोजी विभागका विभागीय प्रमुख डा. विश्वनाथ शर्मालगायतको टोलीले संयुक्त रूपमा ती दुवै बिशेषज्ञ सेवाको शुभारम्भ गर्नुभएको थियो ।

अस्पताल विकास समितिका सदस्य डा. डक्ट प्रसाद धिताका अनुसार भेरी अस्पतालमा यसअघि देखि नै सीटी स्क्यान तथा एमआरआई सेवा निरन्तर सञ्चालनमा रहेकाले जटिल रोगहरूको पहिचान तथा उपचार प्रक्रियामा आवश्यक सहयोग पुग्दै आएको छ ।

उहाँले अब न्यूरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ सेवा समेत थपिएसँगै आधुनिक निदानात्मक प्रविधि र विशेषज्ञ चिकित्सकीय सेवालाई एकीकृत गरी बिरामीलाई थप सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रयासले नयाँ सफलता प्राप्त गरेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बर्दियामा स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तारको तयारी
२०८३ मंग्सिर १२, शनिबार
दसौँ राष्ट्रिय खेलकुद : एपीएफसँग अङ्क बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
२०८३ मंग्सिर १२, शनिबार
भेरी अस्पतालमा स्वास्थ्य सेवा थपिने क्रम बढ्दै
२०८३ मंग्सिर १२, शनिबार
Banker Paudyal receives Lifetime Achievement Award
२०८३ मंग्सिर १२, शनिबार
त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा MSC भर्नाका लागि आवेदन खुला
२०८३ मंग्सिर १२, शनिबार
यी हुन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेका नौवटा निर्णयहरु (पूर्णपाठ)
२०८३ मंग्सिर १२, शनिबार
सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ
२०८३ मंग्सिर १२, शनिबार