मंग्सिर १०, २०८३ बिहिबार November 26, 2026

प्रदेश अस्पताल गोरखामा आईसीयू सञ्चालनमा

रिफर गर्नुपर्ने जटिल प्रकृतिका बिरामीहरूको उपचार अव अस्पतालमै गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गोरखा । प्रदेश अस्पताल गोरखामा सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा आएको छ । बिहीबारबाट कक्ष सञ्चालनमा ल्याइएको हो ।

अस्पतालले यसअघि सर्जिकल आईसीयू सेवा दिँदै आएको थियो । अहिले मेडिसिन आईसीयू (एमआईसीयू) सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शम्भु अधिकारीले बताए । ‘२०७९ साल चैत्र २४ गतेबाट सर्जिकल आईसीयू सेवा दिदै आएका थियौं,’ उनले भने, ‘आजबाट फुल फेजमा मेडिसिन आईसीयू सञ्चालन गरेका हौं ।’

उनका अनुसार हाललाई पाँच वटा वेड सञ्चालनमा छन् । आठ जना नर्सिङ स्टाफसहित अन्य चिकित्सक खटिएका छन् । रिफर गर्नुपर्ने जटिल प्रकृतिका बिरामीहरूको उपचार अव अस्पतालमै गर्न सकिने अधिकारीले जानकारी दिए ।

‘आईसीयू आवश्यक पर्ने जटिल प्रकृतिका बिरामीहरूलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता थियो, अब त्यो हट्छ,’ उनले भने । जटिल प्रकृतिका बिरामीको जीवनरक्षाका लागि आईसीयू महत्वपूर्ण हुने अपेक्षा गरिएको उनी बताउँछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिवि शिक्षण अस्पतालको नर्सिङ निर्देशकमा वरिष्ठ नर्स गंगा हुमागाईं नियुक्त
२०८३ मंग्सिर १०, बिहिबार
प्रदेश अस्पताल गोरखामा आईसीयू सञ्चालनमा
२०८३ मंग्सिर १०, बिहिबार
देउवा कांग्रेसको कर्णाली अधिवेशन मंसिर १४ र १५ गते सुर्खेतमा गर्ने
२०८३ मंग्सिर १०, बिहिबार
डा. मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा
२०८३ मंग्सिर १०, बिहिबार
सुनकोशी-मरिण ठेक्का रद्दमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेपबारे निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
२०८३ मंग्सिर १०, बिहिबार
विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने
२०८३ मंग्सिर १०, बिहिबार
पशुपतिनगरमा सशस्त्र प्रहरीको कडाइ, सात स्थानबाट लाखौँको अवैध सामान बरामद
२०८३ मंग्सिर १०, बिहिबार