मंग्सिर १०, २०८३ बिहिबार November 26, 2026

सुनकोशी-मरिण ठेक्का रद्दमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेपबारे निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

‘प्रधानमन्त्री कार्यालय यातना गृह हो ?’ सुनकोशी–मरिण प्रकरणमा कांग्रेसको प्रश्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकामाथि प्रश्न उठाउँदै स्वतन्त्र तथा निष्पक्ष छानबिनको माग गरेको छ ।

काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कर्मचारीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक यातना दिइएको र पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको दाबी गरेका छन् । उनले यस विषयमा संसद् र संसदीय समितिमा छलफल हुनुपर्ने बताएका छन् ।

ठेक्का रद्द गर्ने अधिकार सरकारसँग भए पनि निर्णय प्रक्रिया कानुनसम्मत हुनुपर्ने उनको भनाइ छ । कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन निर्देशन दिने व्यक्ति, ठेक्का रद्द गर्नुको कानुनी आधार र त्यसबाट राज्यलाई हुन सक्ने आर्थिक क्षतिको जिम्मेवारीबारे सरकारले स्पष्ट पार्नुपर्ने उनले बताएका छन् ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा समेत यस विषयमा छलफल भएको उल्लेख गर्दै आङदेम्बेले भनेका छन्, ‘सोहीअनुसार मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक बस्यो। बैठकमा सत्तापक्ष र प्रतिपक्षका माननीय सांसदहरूले सरकारको कार्यशैली, सार्वजनिक खरिद ऐनको उल्लंघन र राज्य शक्तिको दुरुपयोगबारे प्रश्न उठाउनुभयो। समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।’

कर्मचारीमाथि गरिएको भनिएको व्यवहारप्रति आपत्ति जनाउँदै उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, ‘प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातना गृह ?’

आङदेम्बेले आयोजनाको १३.३ किलोमिटर लामो सुरुङ निर्माणको ब्रेक थ्रु भइसकेको अवस्थामा सरकारी हस्तक्षेपका कारण आयोजना प्रभावित हुनु चिन्ताको विषय भएको बताएका छन् ।

मधेसका पाँच जिल्लामा करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको यो आयोजना लाखौँ नागरिकको सिँचाइ, ऊर्जा तथा समग्र विकाससँग जोडिएको भन्दै उनले सरकार जवाफदेही हुनुपर्नेमा जोड दिएका छन् ।

‘मधेसको विकासलाई राजनीतिक प्रतिशोधको बन्धक बनाउन पाइँदैन। जनताको भविष्यसँग खेलबाड गरेर सरकार जवाफदेहिताबाट भाग्न सक्दैन ।’ उनले भनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा
२०८३ मंग्सिर १०, बिहिबार
सुनकोशी-मरिण ठेक्का रद्दमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेपबारे निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
२०८३ मंग्सिर १०, बिहिबार
विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने
२०८३ मंग्सिर १०, बिहिबार
पशुपतिनगरमा सशस्त्र प्रहरीको कडाइ, सात स्थानबाट लाखौँको अवैध सामान बरामद
२०८३ मंग्सिर १०, बिहिबार
हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन
२०८३ मंग्सिर १०, बिहिबार
चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण
२०८३ मंग्सिर १०, बिहिबार
नेपाल-भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्दै
२०८३ मंग्सिर १०, बिहिबार