मंग्सिर १०, २०८३ बिहिबार November 26, 2026

त्रिवि शिक्षण अस्पतालको नर्सिङ निर्देशकमा वरिष्ठ नर्स गंगा हुमागाईं नियुक्त

चार दशकभन्दा लामो समयदेखि नर्सिङ सेवामा क्रियाशील हुमागाईं बनिन् नर्सिङ निर्देशक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर १० गते। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नर्सिङ निर्देशकमा वरिष्ठ नर्स गंगा हुमागाईं नियुक्त हुनुभएको छ। चार दशकभन्दा लामो समयदेखि नर्सिङ सेवामा क्रियाशील हुमागाईं नर्सिङ निर्देशकमा नियुक्त हुनुभएको हो।

हुमागाईंले अस्पतालको नर्सिङ सेवा व्यवस्थापन, बिरामीको हेरचाह तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा थप योगदान गर्ने बताउनुभयो। नयाँ जिम्मेवारी प्राप्त गर्नुभएकी हुमागाईंलाई अस्पतालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। चिकित्सा शास्त्र अध्ययन सस्थानका डिन प्राडा. मोहनराज शर्मा लगायतले हुमागाईंलाई बधाई दिनुभयो ।

प्राडा. शर्माले हुमागाईंको नर्सिङमा क्षेत्रमा लामो अनुभव तथा व्यावसायिक प्रतिबद्धताले अस्पतालको नर्सिङ सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो। नर्सिङ सेवा अस्पतालको स्वास्थ्य उपचार प्रणालीको महत्वपूर्ण आधार हो। बिरामीको नियमित हेरचाह, उपचार प्रक्रियामा चिकित्सकसँगको समन्वय, स्वास्थ्यकर्मीको परिचालन तथा बिरामी सुरक्षामा नर्सिङ जनशक्तिको महत्वपूर्ण भूमिका रहन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिवि शिक्षण अस्पतालको नर्सिङ निर्देशकमा वरिष्ठ नर्स गंगा हुमागाईं नियुक्त
२०८३ मंग्सिर १०, बिहिबार
प्रदेश अस्पताल गोरखामा आईसीयू सञ्चालनमा
२०८३ मंग्सिर १०, बिहिबार
देउवा कांग्रेसको कर्णाली अधिवेशन मंसिर १४ र १५ गते सुर्खेतमा गर्ने
२०८३ मंग्सिर १०, बिहिबार
डा. मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा
२०८३ मंग्सिर १०, बिहिबार
सुनकोशी-मरिण ठेक्का रद्दमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेपबारे निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
२०८३ मंग्सिर १०, बिहिबार
विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने
२०८३ मंग्सिर १०, बिहिबार
पशुपतिनगरमा सशस्त्र प्रहरीको कडाइ, सात स्थानबाट लाखौँको अवैध सामान बरामद
२०८३ मंग्सिर १०, बिहिबार