मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

पाँचखाल नगरपालिकामा सबैभन्दा बढी २४ जनामा सङ्क्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बनेपा (काभ्रे), ८ मङ्सिर : काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि मङ्सिर ७ गतेसम्म ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये ३० पुरुष र २४ महिला रहेका छन् । जिल्लाका चार स्थानीय तहमा डेङ्गी सङ्क्रमण देखिएको छ ।

उहाँका अनुसार पाँचखाल नगरपालिकामा सबैभन्दा बढी २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै बनेपा नगरपालिकामा १९, मण्डनदेउपुर नगरपालिकामा नौ र नमोबुद्ध नगरपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा भने जिल्लामा डेङ्गीका नयाँ सङ्क्रमित थपिएका छैनन् । कक्षपतिका अनुसार, जिल्लाका अन्य स्थानीय तहमा हालसम्म सङ्क्रमण देखिएको छैन ।रास

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान
२०८३ मंग्सिर ८, मंगलबार
काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो
२०८३ मंग्सिर ८, मंगलबार
नागरिकका सरोकारमा कांग्रेसले सरकारलाई निरन्तर खबरदारी गर्छ : सभापति थापा
२०८३ मंग्सिर ८, मंगलबार
‘विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण’ – मुख्यमन्त्री भट्ट
२०८३ मंग्सिर ८, मंगलबार
एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ गतेसम्म समय
२०८३ मंग्सिर ८, मंगलबार
‘आज रेलगाडी मात्र होइन, दुई देशको आत्मीय सम्बन्धको नयाँ यात्राको स्वागत हो’ : मन्त्री यादव
२०८३ मंग्सिर ८, मंगलबार
स्थानीय निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने प्रचण्डको दाबी
२०८३ मंग्सिर ८, मंगलबार