सुर्खेत । नेपाली कांग्रेसको नियमित महाधिवेशन अन्तर्गत कर्णाली प्रदेश अधिवेशन यही मंसिर १३ र १४ गते सुर्खेतमा हुने भएको छ ।
बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक रंगमती शाहीले अधिवेशनमा दुई हजारदेखि २५ सय नेता–कार्यकर्ता सहभागी हुने र एक हजार दुई सय प्रतिनिधि रहने जानकारी दिइन् ।
वीरेन्द्रनगरस्थित सिटी हलमा हुने अधिवेशनको उद्घाटन शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ । अधिवेशनमा शशांक कोइराला, प्रकाशमान सिंहलगायत नेताहरू सहभागी हुने शाहीले बताइन् ।
कर्णालीका आठ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको उनको भनाइ छ । सुर्खेत र डोल्पामा जिल्ला अधिवेशन हुन बाँकी छ । उद्घाटन कार्यक्रम भब्य हुने उनले जानकारी दिइन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया