मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

किस्ट अस्पतालद्वारा मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा दिइँदै

जटिल स्वास्थ्य समस्याको उपचारका लागि विशेषज्ञ परामर्श लिन भारत जानुपर्ने बाध्यता हट्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, १२ मङ्सिरः ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न लागेको छ ।

उक्त अस्पताल र भारतको मेदान्ता–गुरुग्रामबीच चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको अवसरमा आज यहाँ आयोजित ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबरेसन’ मा उपचारका नविनतम पद्धति र प्रविधिका बारे भएको समीक्षामा सो जानकारी दिइएको हो ।

कार्यक्रममा भारतको मेदान्ता ग्रुप अफ हस्पिटलका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा नरेश त्रेहानले किस्ट अस्पतालमार्फत मुटु र छातीसम्बन्धी शल्य चिकित्साका आधुनिक प्रविधि, उपचार पद्धति र पछिल्ला उपलब्धिबारे ज्ञान, सीप तथा अनुभव आदानप्रदान गरिने जानकारी दिनुभयो ।

स्वास्थ्य सेवामा कृत्रिम बौद्धिकता (एआई) र आधुनिक प्रविधिको प्रयोगले उपचार पद्धतिमा महत्वपूर्ण परिवर्तन ल्याएको जनाउँदै उहाँले एआई चिकित्सकको विकल्प नभई रोग पहिचान, उपचार योजना, शल्यक्रियाको तयारी र उपचार प्रक्रियालाई प्रभावकारी बनाउने महत्वपूर्ण औजार भएको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा मेदान्ता इन्स्टिच्युट अफ चेस्ट सर्जरीका अध्यक्ष डा अरविन्द कुमारले छाती शल्य चिकित्सासम्बन्धी आधुनिक प्रविधि र उपचार पद्धतिबारे प्रस्तुति दिनुभयो ।

किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाले मेदान्तासँगको सहकार्यले नेपालको स्वास्थ्य सेवालाई थप गुणस्तरीय, आधुनिक र प्रविधिमैत्री बनाउन सहयोग पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले पहिलो बाल कलेजो प्रत्यारोपण गर्न सफल भएको छ । अस्पतालले आगामी दिनमा मेदान्ताको प्राविधिक तथा शैक्षिक सहयोगमा मुटु–फोक्सो प्रत्यारोपणको सेवा विस्तार गर्न लागेको जानकारी दिइयो । दुवै अस्पतालबीच स्वास्थ्य सेवाका क्षेत्रमा हुने सहकार्यले जटिल स्वास्थ्य समस्याको उपचारका लागि विशेषज्ञ परामर्श लिन भारत जानुपर्ने बाध्यता, समय र खर्च न्यूनीकरणमा सहयोग पुग्ने अस्पतालको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकीद्वारा एनआरएनए पाँच विकेटले पराजित
२०८३ मंग्सिर १२, शनिबार
किस्ट अस्पतालद्वारा मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा दिइँदै
२०८३ मंग्सिर १२, शनिबार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
२०८३ मंग्सिर १२, शनिबार
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्न पुगे गृहमन्त्री
२०८३ मंग्सिर १२, शनिबार
किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी
२०८३ मंग्सिर १२, शनिबार
स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
२०८३ मंग्सिर १२, शनिबार
एक रातमै एक हजार २०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी
२०८३ मंग्सिर १२, शनिबार