मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

गण्डकीद्वारा एनआरएनए पाँच विकेटले पराजित

गण्डकीका ईश्वर क्षेत्रीले २७ बलमा दुई चौका र तीन छक्कासहित ३२ रन बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा आज भएको लिग चरणको खेलमा एनआरएनएलाई हराउँदै गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । यस जितसँगै गण्डकीले दुई अङ्क जोडेको छ ।

टस जितेर पहिले बलिङ गरेको गण्डकीले एनआरएनएलाई १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १२५ रनमा समेटेको थियो ।

एनआरएनएका लागि पवन खरेलले सर्वाधिक ३२ रन बनाए । उनले ३२ बलमा पाँच चौका प्रहार गरे । नवीन तामाङले २३ बलमा २६ र आदित्य महताले १४ बलमा २३ रन जोडे । कप्तान कमलसिंह ऐरी सात रनमा आउट भए भने विकेटकिपर निर्भिक पाठक पाँच रनमा अविजित रहे ।

जवाफमा १२६ रनको लक्ष्य पछ्याएको गण्डकीले १४ दशमलव ३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

गण्डकीका ईश्वर क्षेत्रीले २७ बलमा दुई चौका र तीन छक्कासहित ३२ रन बनाए । वंश क्षेत्रीले अविजित २९ रन जोड्ने क्रममा २७ बलमा तीन चौका प्रहार गरे । त्यस्तै, सिब्रिन श्रेष्ठले १३ बलमा २४ र सन्दीप खत्री क्षेत्रीले नौ बलमा १४ रन बनाए । रोहित चन्द एक रनमा अविजित रहे ।

यसअघि गण्डकी समूह चरणको पहिलो खेलमा मधेस प्रदेशसँग सात विकेटले पराजित भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकीद्वारा एनआरएनए पाँच विकेटले पराजित
२०८३ मंग्सिर १२, शनिबार
किस्ट अस्पतालद्वारा मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा दिइँदै
२०८३ मंग्सिर १२, शनिबार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
२०८३ मंग्सिर १२, शनिबार
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्न पुगे गृहमन्त्री
२०८३ मंग्सिर १२, शनिबार
किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी
२०८३ मंग्सिर १२, शनिबार
स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
२०८३ मंग्सिर १२, शनिबार
एक रातमै एक हजार २०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी
२०८३ मंग्सिर १२, शनिबार