मंग्सिर ११, २०८३ शुक्रबार November 27, 2026

एनएफएलका सबै १० टोलीको टुङ्गो, धरान, वीरगञ्ज र सुर्खेत छनोट

तीन टोलीका लागि बोलपत्र आह्वान गर्दा २० टोली इच्छुक देखिनुले नेपाली फुटबलमा सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा सहभागी हुने सबै १० टोलीको टुङ्गो लागेको छ । प्रतियोगिताका लागि थप तीन टोली छनोट भएसँगै सहभागी टोलीको सङ्ख्या १० पुगेको हो ।

एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार तीन टोलीका लागि आह्वान गरिएको बोलपत्रमा २० टोलीले प्रस्ताव पेस गरेकामा धरान, वीरगञ्ज र सुर्खेतका टोली छनोट भएका छन् ।

छनोट भएका टोलीमध्ये धरानको प्रतिनिधित्व हिमालय टेलिभिजन नेटवर्कले गर्नेछ । उक्त टोलीमा अभिनेता दयाहाङ राई र पूर्वफुटबल खेलाडी केन्द्र लिम्बू पनि आबद्ध छन् । वीरगञ्जको टोली अल स्टार स्पोट्र्स म्यानेजमेन्टको नेतृत्व उत्सव सिग्देलले गर्नेछन् । सिग्देल नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सका पूर्वसह–मालिक हुन् ।

त्यस्तै, सुर्खेतको प्रतिनिधित्व एलाइड कन्टिनेन्टलले गर्नेछ । उक्त टोलीमा रचितकुमार अग्रवाल, नेपाल हिलटप इन्डस्ट्रिज प्रालि (नेपाटप)का निर्देशक दिगेन श्रेष्ठ तथा अस्ट्रेलियामा रहेका सुजित बस्नेत र सबिन श्रेष्ठ आबद्ध छन् ।

बोलपत्र प्रक्रियामा धरानका लागि रु तीन करोड एक लाख, वीरगञ्जका लागि रु दुई करोड ५१ लाख र सुर्खेतका लागि रु दुई करोड ५० लाखको प्रस्ताव पेस गरिएको थियो । यी तीनै प्रस्ताव छनोट भएका हुन् ।

अध्यक्ष गुरुङले तीन टोलीका लागि बोलपत्र आह्वान गर्दा २० टोली इच्छुक देखिनुले नेपाली फुटबलमा सम्भावना रहेको बताउनुभयो । यसपटक छनोट हुन नसकेका १७ टोलीलाई पनि आगामी दिनमा कुनै न कुनै स्वरूपमा प्रतियोगितासँग जोड्ने प्रयास गरिने उहाँले जानकारी दिनुभयो ।

एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुनेछ । ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा यसअघि नै सात टोली छनोट भइसकेका छन् । यसअघि छनोट भएका टोलीमा काठमाडौँ रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुख र चारतारे झण्डाको दुरुपयोग रोक्न कांग्रेसले निर्वाचन आयोग गुहार्ने
२०८३ मंग्सिर ११, शुक्रबार
रास्वपा सभापति रवि लामिछाने सुर्खेतमा
२०८३ मंग्सिर ११, शुक्रबार
सर्वोच्चको अन्तरिम आदेश : खोटाङका जिसस प्रमुखलाई साविककै काम गर्न दिन निर्देशन
२०८३ मंग्सिर ११, शुक्रबार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
२०८३ मंग्सिर ११, शुक्रबार
रास्वपाको क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत
२०८३ मंग्सिर ११, शुक्रबार
१०औँ राष्ट्रिय खेलकुद: राष्ट्रिय पौडी च्याम्पियनसिपमा १६ स्वर्णसहित बागमती च्याम्पियन
२०८३ मंग्सिर ११, शुक्रबार
मध्यपुर थिमि खेलकुद महोत्सव पुस ११ गते हुने
२०८३ मंग्सिर ११, शुक्रबार