मंग्सिर ११, २०८३ शुक्रबार November 27, 2026

सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको उजुरीपछी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुख र चारतारे झण्डाको दुरुपयोग रोक्न कांग्रेसले निर्वाचन आयोग गुहार्ने
२०८३ मंग्सिर ११, शुक्रबार
रास्वपा सभापति रवि लामिछाने सुर्खेतमा
२०८३ मंग्सिर ११, शुक्रबार
सर्वोच्चको अन्तरिम आदेश : खोटाङका जिसस प्रमुखलाई साविककै काम गर्न दिन निर्देशन
२०८३ मंग्सिर ११, शुक्रबार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
२०८३ मंग्सिर ११, शुक्रबार
रास्वपाको क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत
२०८३ मंग्सिर ११, शुक्रबार
१०औँ राष्ट्रिय खेलकुद: राष्ट्रिय पौडी च्याम्पियनसिपमा १६ स्वर्णसहित बागमती च्याम्पियन
२०८३ मंग्सिर ११, शुक्रबार
मध्यपुर थिमि खेलकुद महोत्सव पुस ११ गते हुने
२०८३ मंग्सिर ११, शुक्रबार