मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोमा भिमादका खेलाडीले जिते १९ पदक

समूहगत स्पर्धामा पनि भिमादका खेलाडीहरूले पाए सफलता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), ९ मङ्सिर : काठमाडौँमा सम्पन्न आठौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा तनहुँको भिमादका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गरेका छन् ।

भारत, बङ्गलादेश, अफगानिस्तान र इथियोपियाका खेलाडी सहभागी उक्त प्रतियोगितामा भिमादका खेलाडीहरूले सात स्वर्ण, पाँच रजत र सात कास्य गरी कुल १९ पदक जितेको गण्डकी प्रदेश तेक्वान्दो सङ्घका उपाध्यक्ष आकाशचन्द्र घर्ती मगरले जानकारी दिए । प्रतियोगितामा करिब ७५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा भिमादका विवेक विक, विविका रोका, जेनिशा गुरुङ, मनिषा केसी, कमल थापा, गौरव थापा, मेलिशा थापा, आरजु थापा, एलिना थापा, आर्यन कुमाल, अन्चु देवी सेन ठकुरी, मनिष विक र आयुष गुरुङले विभिन्न विधामा पदक जितेका थिए ।

विवेक विकले १२–१३ वर्ष उमेर समूहको ३५ किलो स्पाइरिङमा स्वर्ण, पुरुष ग्रुप स्पर्धामा रजत र नीलो बेल्ट एकल स्पर्धामा कास्य पदक जिते । विविका रोकाले १६–१७ वर्ष उमेर समूहको ४० किलो स्पाइरिङ र महिला ग्रुप स्पर्धामा स्वर्ण तथा रातो बेल्ट एकल स्पर्धामा कास्य पदक जिते ।

जेनिशा गुरुङले महिला ग्रुप स्पर्धामा स्वर्ण र १६–१७ वर्ष उमेर समूहको ५८ किलो स्पाइरिङमा रजत पदक, मनिषा केसीले सिनियर रातो बेल्ट स्पर्धामा, महिला ग्रुप स्पर्धामा र महिला सेल्फ डिफेन्समा स्वर्ण तथा १८–३४ वर्ष उमेर समूहको ४९ किलो स्पाइरिङमा रजत पदक प्राप्त गरिन् ।

कमल थापाले १२–१३ वर्ष उमेर समूहको ४५ किलो स्पाइरिङमा स्वर्ण र पुरुष ग्रुप स्पर्धामा रजत पदक, गौरव थापाले १६–१७ वर्ष उमेर समूहको हरियो बेल्ट स्पर्धामा स्वर्ण, जुनियर पुरुष ग्रुप स्पर्धामा रजत र ४५ किलो स्पाइरिङमा कास्य पदक जिते ।

यस्तै मेलिशा थापाले महिला ग्रुप स्पर्धामा स्वर्ण र १६–१७ वर्ष उमेर समूहको रातो बेल्ट स्पर्धामा कास्य पदक जितिन । आरजु थापाले १५–१६ वर्ष उमेर समूहको हरियो बेल्ट र जुनियर महिला ग्रुप स्पर्धामा स्वर्ण तथा ४५ किलो स्पाइरिङमा कास्य पदक प्राप्त गरिन । एलिना थापाले १६–१७ वर्ष उमेर समूहको ४० किलो स्पाइरिङमा रजत, आर्यन कुमालले जुनियर पुरुष ग्रुप स्पर्धामा रजत र १६–१७ वर्ष उमेर समूहको ५५ किलो नीलो बेल्ट स्पर्धामा कास्य पदक हासिल गरिन ।

त्यसैगरी अन्चु देवी सेन ठकुरीले १२–१३ वर्ष उमेर समूहको हरियो बेल्ट स्पर्धामा रजत, मनिष विकले १०–११ वर्ष उमेर समूहको २५ किलो स्पाइरिङमा कास्य तथा आयुष गुरुङले जुनियर पुरुष ग्रुप स्पर्धामा रजत र १२–१३ वर्ष उमेर समूहको हरियो बेल्ट स्पर्धामा कास्य पदक जितिन ।

समूहगत स्पर्धामा पनि भिमादका खेलाडीहरूले सफलता हासिल गरेका छन् । विविका रोका, जेनिशा गुरुङ, मनिषा केसी, मेलिशा थापा र आरजु थापाको महिला टोलीले स्वर्ण पदक जिते । विवेक विक, कमल थापा, गौरव थापा, आर्यन कुमाल र आयुष गुरुङको पुरुष टोलीले रजत पदक हासिल गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँकेको साइनिङ अस्पतालमा १९३ नयाँ कुष्ठरोगी पहिचान
२०८३ मंग्सिर ९, बुधबार
परराष्ट्रमन्त्री शिशिर खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेटवार्ता
२०८३ मंग्सिर ९, बुधबार
दशौँ राष्ट्रिय खेलकुद : दुई गोलको अग्रता जोगाउन नसक्दा बागमती कोशीसँग बराबरीमा
२०८३ मंग्सिर ९, बुधबार
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोमा भिमादका खेलाडीले जिते १९ पदक
२०८३ मंग्सिर ९, बुधबार
दशौँ राष्ट्रिय खेलकुद : पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक
२०८३ मंग्सिर ९, बुधबार
बनेपामा चलचित्र स्टुडियो निर्माण अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
२०८३ मंग्सिर ९, बुधबार
झापा महिला गोल्डकप : एपीएफ फाइनलमा
२०८३ मंग्सिर ९, बुधबार