मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

डर्टमन्डसँग बराबरी खेले पनि च्याम्पियन्स लिगमा आर्सनल पाँचौँ स्थानमा

अन्तिम समयमा ग्योकेरेस चुकेपछि डर्टमन्डसँग आर्सनलको १–१ बराबरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। युईएफए च्याम्पियन्स लिगअन्तर्गत गए राति भएको खेलमा इङ्ग्लिस क्लब आर्सनल र जर्मन क्लब बोरुसिया डर्टमन्डले १–१ गोलको बराबरी खेलेका छन्।

लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका स्ट्राइकर भिक्टर ग्योकेरेसले गोल गरे पनि अन्तिम समयमा निर्णायक अवसर गुमाउँदा टोली जितबाट वञ्चित भयो।

मुख्य प्रशिक्षक मिकेल आर्टेटाले काई हाभर्ट्जको स्थानमा ग्योकेरेसलाई पहिलो रोजाइमा मैदान उतारेका थिए। उनले गोल गर्दै प्रशिक्षकको विश्वासलाई सही साबित गर्ने संकेत पनि दिए। इमिरेट्स स्टेडियममा यस सिजन उनको यो पहिलो तथा आर्सनलका लागि सबै प्रतियोगितामा तेस्रो गोल थियो।

तर, खेलको अन्तिमतिर उनले हेडरमार्फत गोल गर्ने सुनौलो अवसर सदुपयोग गर्न सकेनन्। त्यसअघि नै म्याक्सिमिलियन बेयरले डर्टमन्डका लागि बराबरी गोल फर्काइसकेका थिए। ग्योकेरेसको कमजोर फिनिसिङले घरेलु मैदानमा आर्सनललाई तीन अंक दिलाउने स्वर्णिम अवसर गुम्यो।

सन् २०२५ मा स्पोर्टिङ लिस्बनबाट आर्सनलमा आबद्ध भएका २८ वर्षीय ग्योकेरेस पछिल्लो समय अस्थिर प्रदर्शनका कारण केही समयदेखि आलोचित बन्दै आएका छन्। यस खेलमा गोल गरे पनि खेलको निर्णायक मोमेन्टमा चुक्दा उनी पुनः आलोचनाको केन्द्रमा आएका छन्।

यस बराबरीसँगै आर्सनलले सबै प्रतियोगितामा आफ्नो अपराजित यात्रा ११ खेलसम्म पुर्‍याएको छ। यद्यपि, यस सिजन घरेलु मैदानमा पहिलो पटक जित निकाल्न असफल भएको छ।

च्याम्पियन्स लिगको लिग चरणमा पाँच खेलबाट तीन जित र दुई बराबरीसहित आर्सनल पाँचौँ स्थानमा सुरक्षित छ भने ठीक पछाडि सातौँ स्थानमा रहेको डर्टमन्ड आर्सनलभन्दा मात्र एक अंकले पछाडि रहेको छ।

अब मिकेल आर्टेटाको टोलीले आगामी आइतबार इङ्ग्लिस प्रिमियर लिगको उपाधि होडका लागि बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग अत्यन्तै महत्वपूर्ण र चुनौतीपूर्ण खेल खेल्दैछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुन तोलाकै ६ हजार ५ सय र चाँदी १०५ रुपैयाँले घट्यो
२०८३ मंग्सिर ९, बुधबार
डर्टमन्डसँग बराबरी खेले पनि च्याम्पियन्स लिगमा आर्सनल पाँचौँ स्थानमा
२०८३ मंग्सिर ९, बुधबार
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको २ किलो ३४८ ग्राम पदार्थसहित दुई चिनियाँ महिला पक्राउ
२०८३ मंग्सिर ९, बुधबार
‘लैङ्गिक हिंसामा शून्य सहनशीलता अपनाऔँ, पीडितलाई न्याय सुनिश्चित गरौँ’ : प्रधानमन्त्री शाह
२०८३ मंग्सिर ९, बुधबार
खसीको हड्डीको सुप यस्ता स्वास्थ्य समस्या भएकाले खानु हुन्न, जान्नुहाेस्
२०८३ मंग्सिर ९, बुधबार
हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु
२०८३ मंग्सिर ९, बुधबार
आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक
२०८३ मंग्सिर ९, बुधबार