मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

एसिया कपमा आज नेपालले पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै

नेपाल आज पनि सानदार प्रदर्शन गर्दै पाकिस्तानलाई हराउने योजनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दैछ । नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल अपराह्न ३ः४५ देखि दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा भारतविरुद्ध ३०६ रनको हार व्यहोरे पनि दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) उत्कृष्ट पुनरागमन गर्दै छ विकेटको जित निकालेको थियो । नेपाल आज पनि सानदार प्रदर्शन गर्दै पाकिस्तानलाई हराउने योजनामा छ ।

उता एक खेलअगावै सेमिफाइनल पुगिसकेको पाकिस्तान लगातार तेस्रो जित निकाल्ने सोचमा छ । उसले पहिलो खेलमा युएई र दोस्रो म्याचमा भारत ‘ए’ लाई हराएको थियो । इमर्जिङ कपमा हालसम्म नेपाल र पाकिस्तान ‘ए’ बीच एकपटक मात्र भेट भएको छ । सन् २०२३ को संस्करणमा पाकिस्तानविरुद्ध नेपालले ४ विकेटको पराजय व्यहोरेको थियो ।

त्यस खेलमा पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भयो । नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा भेट्टायो । नेपाल सामु आज तीन वर्षअघिको हारको बदला लिने अवसर छ । जारी प्रतियोगितामा नेपाल दुई अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । समूह ‘बी’ मै रहेको पाकिस्तान चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी
२०८३ मंग्सिर ८, मंगलबार
अझै सञ्चालनमा आएन निगाले सिमेन्ट
२०८३ मंग्सिर ८, मंगलबार
प्रधानमन्त्री भारत भ्रमणमा रहेका बेलाको तस्बिर सामाजिक सञ्जालमा भाईरल
२०८३ मंग्सिर ८, मंगलबार
भेरी अस्पतालमा न्यूरो र प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालन
२०८३ मंग्सिर ८, मंगलबार
सुनकोशी-मरिण आयोजनाको कागजात बुझाउन लेखा समितिको निर्देशन
२०८३ मंग्सिर ८, मंगलबार
प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा भक्तजनको घुइँचो
२०८३ मंग्सिर ८, मंगलबार
एसिया कपमा आज नेपालले पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै
२०८३ मंग्सिर ८, मंगलबार