मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

एक रातमै एक हजार २०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी

आक्रमण प्रयासमा एक हजार २४६ युक्रेनी ड्रोन खसालिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मस्को । शुक्रबार राति रूसमाथि गरिएका आक्रमण प्रयासमा पठाइएका एक हजार २०० भन्दा युक्रेनी ड्रोन खसालिएको रूसी अधिकारीहरूले शनिबार दाबी गरेका छन् ।सयौँ ड्रोनहरू मस्को क्षेत्रतर्फ लक्षित थिए ।

युक्रेनले पनि विभिन्न क्षेत्रमा सयौँ रूसी ड्रोन प्रहार भएको जनाएको छ, जसमा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।

दुवै पक्षले पछिल्ला महिनाहरूमा हवाई आक्रमण बढाएका छन् । शुक्रबार रातिदेखि शनिबार बिहानसम्म मस्को क्षेत्रतर्फ ४६० भन्दा बढी ड्रोन आएको राजधानीका मेयर सेर्गेई सोब्यानिनले राज्य–समर्थित म्याक्स प्लेटफर्ममा लेखेकाे छन् । उनले थपे, ‘मस्को सहर नजिक पुग्दा १२३ वटा ड्रोन नष्ट गरिएको थियो।’

रूसी रक्षा मन्त्रालयले भनेको छ, ‘हवाई रक्षा बलले मस्कोसहित एक दर्जनभन्दा बढी क्षेत्रमा एक हजार २४६ युक्रेनी मानवरहित हवाई यान रोकेर नष्ट गरेको छ ।’

रूसी राजधानी युक्रेनी सीमाको नजिकको भागबाट करिब ५०० किलोमिटर (३१० माइल) टाढा छ । मन्त्रालयले उल्लेख गरेका भोल्गोग्राड र क्रास्नोदारसहित अन्य क्षेत्रहरू पनि युक्रेनबाट सयौँ किलोमिटर टाढा छन् ।

युक्रेनले पनि व्यापक नयाँ आक्रमणको रिपोर्ट गरेको छ । जापोरिज्झिया सैन्य प्रशासनका प्रमुख इभान फेदोरोभले शनिबार भन्नुभयो, ‘पछिल्लो २४ घण्टामा जापोरिज्झिया क्षेत्रमा ७०० भन्दा बढी रूसी ड्रोन प्रहार भएको छ, जसमा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।’

रूसी रक्षा मन्त्रालयले सैन्य–सम्बन्धित लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ । युद्धको पाँचौं वार्षिकोत्सव नजिकिँदै गर्दा आक्रमणहरू झन् बढ्दै गएका छन् । युद्ध अन्त्य गर्न अमेरिकी मध्यस्थता प्रयासहरू बन्दी आदान-प्रदानबाहेक कुनै सहमतिमा पुग्न सकेका छैनन् । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकीद्वारा एनआरएनए पाँच विकेटले पराजित
२०८३ मंग्सिर १२, शनिबार
किस्ट अस्पतालद्वारा मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा दिइँदै
२०८३ मंग्सिर १२, शनिबार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
२०८३ मंग्सिर १२, शनिबार
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्न पुगे गृहमन्त्री
२०८३ मंग्सिर १२, शनिबार
किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी
२०८३ मंग्सिर १२, शनिबार
स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
२०८३ मंग्सिर १२, शनिबार
एक रातमै एक हजार २०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी
२०८३ मंग्सिर १२, शनिबार