मंग्सिर ११, २०८३ शुक्रबार November 27, 2026

ट्राबुको ब्राजिलको अर्थमन्त्री नियुक्त

राष्ट्रपति लुला दा सिल्भाको निमन्त्रणा स्वीकार गर्दै अर्थ मन्त्रालयको जिम्मेवारी लिन सहमत भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ब्रासिलिया, ११ मङ्सिर : ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आफ्नो आगामी कार्यकालका लागि निजी बैंकिङ क्षेत्रका कार्यकारी लुइज कार्लोस ट्राबुकोलाई अर्थमन्त्री नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले बिहीबार ट्राबुकोलाई अर्थमन्त्री नियुक्त गरिएको जनाएको छ । उहाँ राष्ट्रपति लुलाको नयाँ कार्यकाल सम्हाल्ने पहिलो मन्त्री हुनुभएको छ ।

लुलाले अक्टोबरमा आश्चर्यजनक रूपमा चुनाव जितेपछि शेयर बजार खस्किएको थियो भने राष्ट्रिय मुद्रा रियल कमजोर बनेको थियो ।
ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने ब्राजिलमा व्यापारिक समुदायलाई आश्वस्त पार्न ब्रडेस्को बैङ्कका बोर्ड अध्यक्ष ट्राबुकोलाई अर्थमन्त्रीमा नियुक्ति गरिएको हो ।

“ट्राबुकोले राष्ट्रपति लुला दा सिल्भाको निमन्त्रणा स्वीकार गर्दै अर्थ मन्त्रालयको जिम्मेवारी लिन सहमत हुनुभएको छ,” राष्ट्रपति कार्यालयले जारी गरेको एक विज्ञप्तिमा जनाएको छ ।

बैङ्करले ब्राजिलका नेतासँग दिउँसोको बैठकमा यो पद स्वीकार गरेको उल्लेख गरिएको छ । लुलाले जनवरीमा आफ्नो चौथो कार्यकाल सुरु गर्नुहुनेछ ।

उहाँले नयाँ कार्यकालका लागि एकजना मात्र मन्त्रीको नाम घोषणा गर्नुभएको छ । ब्रडेस्को ब्राजिलका सबैभन्दा ठूला निजी बैङ्कहरूमध्ये एक हो ।

आधिकारिक घोषणाअघि ट्राबुकोको नयाँ जिम्मेवारीबारे चलेका हल्लाहरूले बजारमा विश्वास फर्काएको देखिन्थ्यो । बिहीबार साओ पाउलो स्टक एक्सचेन्ज बन्द हुँदासम्म स्टक बजार छ प्रतिशतले बढेको थियो ।

राष्ट्रिय मुद्रा पनि मङ्गलबार छोटो समयका लागि एक डलर बराबर छ रेइसको प्रतीकात्मक सीमा नाघेपछि फेरि बलियो बनेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
२०८३ मंग्सिर ११, शुक्रबार
ट्राबुको ब्राजिलको अर्थमन्त्री नियुक्त
२०८३ मंग्सिर ११, शुक्रबार
मुस्ताङमा जनवाल माध्यमिक विद्यालयका तीन भवन निर्माण हुँदै
२०८३ मंग्सिर ११, शुक्रबार
राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता, समसामयिक राजनीतिमाथि छलफल
२०८३ मंग्सिर ११, शुक्रबार
एकनारायण अर्याल पक्राउपछि सभामुख डिपी अर्याल ‘रेड जोन’ मा
२०८३ मंग्सिर ११, शुक्रबार
चट्टोग्राममा नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास
२०८३ मंग्सिर ११, शुक्रबार
हेंवाखोलामा डाइभर्सन नबन्दा साना सवारीसाधन ठप्प, स्थानीयलाई दोब्बर दूरीको सास्ती
२०८३ मंग्सिर ११, शुक्रबार