मंग्सिर ११, २०८३ शुक्रबार November 27, 2026

एकनारायण अर्याल पक्राउपछि सभामुख डिपी अर्याल ‘रेड जोन’ मा

रकम पठाउने प्रकरणमा दुई पूर्वश्रममन्त्री शरतसिंह भण्डारी र वर्तमान सभामुख डिपी अर्याल अनुसन्धानको राडारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ११ मंसिर । मलेसिया जाने श्रमिकबाट अतिरिक्त बायोमेडिकल सेवा शुल्क लिई ठगी गरेको र त्यो रकम गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेपछि यो प्रकरण पेचिलो बन्दै गएको छ ।

अनुसन्धानका क्रममा दुई पूर्व श्रममन्त्रीसहित १० जनालाई यसअघि नै पक्राउ गरिसकेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमुख्यसचिव अर्याललाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

अर्याल श्रम मन्त्रालयको सचिव रहेका बेला गरेको निर्णयका आधारमा पक्राउ परेका हुन् । उनी पक्राउको जानकारी प्रहरीले बिहीबार काठमाडौं जिल्ला अदालतको इजलासलाई गराएको छ । अवैध रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा तथा आर्थिक लाभ लिने र दिलाउने कार्यमा संलग्न रहेको देखिएकाले अर्याललाई विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको सीआईबीको भनाइ छ ।

प्रहरीले यसअघि पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, पूर्वसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा पूर्वकानुन अधिकृत निर्मला गुरुङ र चार व्यवसायीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

रकम पठाउने प्रकरणमा दुई पूर्वश्रममन्त्री शरतसिंह भण्डारी र वर्तमान सभामुख डिपी अर्याल अनुसन्धानको राडारमा छन् । दुवैजना वर्तमान सरकारका कारण पक्राउ पर्नबाट जोगिएका हुन् । पूर्वश्रममन्त्री रायका पालामा २० करोड, कुँवरका पालामा साढे ६० करोड, भण्डारीको पालामा साढे ६६ करोड र अर्यालको पालामा दुईचोटि गरी २० करोड रुपैयाँ पठाइएको थियो । भण्डारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको ससुरा र डिपी अर्याल सभामुख भएकै कारण अनुसन्धानमा तानिएका छैनन् । तर जुनसुकै बेला पक्राउ पर्न सक्ने बताइएको छ ।

नेपाल र मलेसियाबीच भएको श्रम समझदारी कार्यान्वयनका लागि गठित संयुक्त कार्य समूह (जेडब्लूजी) को १२ कात्तिक २०७५ मा भएको पहिलो बैठकले नै मलेसिया जाने श्रमिकलाई मेडिकल स्क्रिनिङ गरेबापत बायोमेडिकल सेवा शुल्क लिन पाउने नीतिगत निर्णय गरेको थियो । मलेसियाले अन्य स्रोत देशबाट श्रमिक लिँदा पनि समान बीएमएस शुल्क लिँदै आएको छ ।

नेपाल र मलेसियाबीचको श्रम समझदारीसँग जोडिएको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएपछि मेडिकल स्क्रिनिङ रोकिएका कारण १५ असोजदेखि नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान बन्द भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
२०८३ मंग्सिर ११, शुक्रबार
ट्राबुको ब्राजिलको अर्थमन्त्री नियुक्त
२०८३ मंग्सिर ११, शुक्रबार
मुस्ताङमा जनवाल माध्यमिक विद्यालयका तीन भवन निर्माण हुँदै
२०८३ मंग्सिर ११, शुक्रबार
राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता, समसामयिक राजनीतिमाथि छलफल
२०८३ मंग्सिर ११, शुक्रबार
एकनारायण अर्याल पक्राउपछि सभामुख डिपी अर्याल ‘रेड जोन’ मा
२०८३ मंग्सिर ११, शुक्रबार
चट्टोग्राममा नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास
२०८३ मंग्सिर ११, शुक्रबार
हेंवाखोलामा डाइभर्सन नबन्दा साना सवारीसाधन ठप्प, स्थानीयलाई दोब्बर दूरीको सास्ती
२०८३ मंग्सिर ११, शुक्रबार