मंग्सिर १०, २०८३ बिहिबार November 26, 2026

रसुवा-भोटेकोशी बाढीमा बेपत्ता ३९१५ जनालाई मृत्युको घोषणा गर्न सिफारिस

बहप्रुकोप पूर्वसूचना प्रणालीको प्रभावकारी विस्तार, स्तरोन्नति र सञ्चालन गर्न लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, मंसिर १० । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा भोटेकोशी बाढीमा बेपत्ता ३९१५ व्यक्तिलाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज सम्पन्न समितिको ३८ औं बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३२९२ जना स्वदेशी तथा १९ विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी गरी कुल ३९१५ जनालाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको हो।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्‌मा परी बेपत्ता व्यक्तिलाई नेपाल सरकारले मृत्युको घोषणा गर्न सक्ने प्रावधान छ।

Imageयसअघि, स्वदेशी व्यक्तिका हकमा सम्बन्धित स्थानीय तहबाट भएको सिफारिसका आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित तथा विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूची उपर दाबी पेश गर्न दुई चरणमा प्राधिकरणले सात दिने सूचना प्रकाशन गरेको थियो।

Imageत्यसैगरी, बैठकले सबैका लागि पूर्वसूचना (Early Warning for All) राष्ट्रिय मार्गचित्र २०८३/०८७ स्वीकृत गरेको छ। मार्गचित्रले वि.सं. २०८७ सम्ममा नेपालमा सबै समुदायलाई प्रकोप पूर्वसूचना उपलब्ध गराउन बहप्रुकोप पूर्वसूचना प्रणालीको प्रभावकारी विस्तार, स्तरोन्नति र सञ्चालन गर्न लक्ष्य लिएको छ।

साथै, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३  एवं कार्ययोजना, २०८३/८४-२०९१/९२ र  वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३-२०८७ पनि स्वीकृत गरेको छ।

Imageबैठकले डडेल्धुरा जिल्ला, आलिताल गाउँपालिका-१ को भोका गाउँ, माला गाउँका २४ घरधुरीलाई र सोही स्थानीय तहको वडा नं २ को बलौचा गाउँका २२ घरधुरीलाई सोही गाउँपालिकाका सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिएको छ। त्यसैगरी, अर्घाखाँची जिल्ला, सन्धिखर्क न. पा.-७ को मुडुङ्गे बस्तीका ४० घरधुरीलाई सोही स्थानीय तहको फुदवाङमा र गोरखा जिल्ला, चुमनुब्री गाउँपालिका-३ देवल गाउँका ३२ घरधुरीलाई सोही पालिकाको फिलिम गाउँमा स्थानान्तरण गर्न पनि स्वीकृति दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
२०८३ मंग्सिर १०, बिहिबार
रसुवा-भोटेकोशी बाढीमा बेपत्ता ३९१५ जनालाई मृत्युको घोषणा गर्न सिफारिस
२०८३ मंग्सिर १०, बिहिबार
स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसदमा दर्ता गर्ने तयारी
२०८३ मंग्सिर १०, बिहिबार
त्रिवि शिक्षण अस्पतालको नर्सिङ निर्देशकमा वरिष्ठ नर्स गंगा हुमागाईं नियुक्त
२०८३ मंग्सिर १०, बिहिबार
प्रदेश अस्पताल गोरखामा आईसीयू सञ्चालनमा
२०८३ मंग्सिर १०, बिहिबार
देउवा कांग्रेसको कर्णाली अधिवेशन मंसिर १४ र १५ गते सुर्खेतमा गर्ने
२०८३ मंग्सिर १०, बिहिबार
डा. मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा
२०८३ मंग्सिर १०, बिहिबार