मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक छ: मुख्यमन्त्री आचार्य

लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन, सामाजिक न्यायको बाधक तथा समतामूलक समाज निर्माणको चुनौती भएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दाङ, ९ मङ्सिर: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, संस्थागत प्रयास र सामाजिक चेतनासँगै व्यक्ति, परिवार तथा समुदायको सोच र व्यवहारमा सकारात्मक परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन, सामाजिक न्यायको बाधक तथा समतामूलक समाज निर्माणको चुनौती भएको उल्लेख गर्नुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

मुख्यमन्त्री आचार्यले महिला, बालबालिका तथा लैङ्गिक र सामाजिक रूपमा पछाडि पारिएका समुदायमाथि हुने हिंसा, विभेद, शोषण, दुव्र्यवहार र असमान व्यवहारको अन्त्य गर्नु राज्य, समाज र प्रत्येक नागरिकको साझा दायित्व भएको बताउनुभएको छ ।

उहाँले लुम्बिनी प्रदेश सरकारले लैङ्गिक समानता, सामाजिक न्याय, समावेशिता तथा महिला सशक्तीकरणलाई शासन, नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभएको छ । उहाँले अभियानलाई १६ दिनमा मात्र सीमित नराखी वर्षभरि लैङ्गिक हिंसाविरुद्ध जागरण, प्रतिरोध र सामाजिक उत्तरदायित्वको अभियानका रूपमा अघि बढाउन सम्पूर्ण नागरिकमा आह्वान गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Two Chinese women arrested with 2.348 kg of suspected gold
२०८३ मंग्सिर ९, बुधबार
लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक छ: मुख्यमन्त्री आचार्य
२०८३ मंग्सिर ९, बुधबार
लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान
२०८३ मंग्सिर ९, बुधबार
मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन
२०८३ मंग्सिर ९, बुधबार
युक्रेनसँगको युद्धमा पाँच लाख रुसी सेना मारिए
२०८३ मंग्सिर ९, बुधबार
सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु
२०८३ मंग्सिर ९, बुधबार
अभिभावकविहीन बालबालिकाको हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्ने
२०८३ मंग्सिर ९, बुधबार