मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

सभामुख अर्याल र कतारी राजदूत मिसाल मोहम्मद अली अलअन्सारीबिच शिष्टाचार भेटवार्ता

नेपाली श्रमिकको सुरक्षा र कतारी लगानीमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं ।  सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अली अलअन्सारीबिच आज शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा नेपाल–कतार द्विपक्षीय सम्बन्ध, नेपाली श्रमिकको हकहित, कतारी लगानी, व्यापार, पर्यटन तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ।

भेटका क्रममा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबिच कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

उनले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्य गर्न आग्रह गरे।

सभामुख अर्यालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार र सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानीका लागि आग्रह गरे । साथै, नेपाली कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सम्भावना औँल्याउँदै फलफूल, तरकारी तथा अन्नलगायतका कृषि उपज कतार निर्यात गर्ने वातावरण निर्माणमा सहजीकरण गर्न राजदूतसमक्ष आग्रह गरे ।

यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न आग्रह गर्दै हवाई सम्पर्क विस्तारले नेपालमा पर्यटन तथा व्यापार प्रवर्द्धनमा योगदान पुर्याउने बताए। खेलकुदको विकास र प्रवर्द्धनका लागि पनि दुवै देशबिच सहकार्य विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

भेटमा सभामुख अर्यालले गत वर्ष भोटेकोशी नदीमा आएको बाढीपछि कतार सरकारले उपलब्ध गराएको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद व्यक्त गरे । उनले  नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि कतारबाट थप सहयोगको अपेक्षासमेत गरे ।

त्यसैगरी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र कतारबिच हुँदै आएको सहकार्यलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै उनले विश्व शान्ति र स्थायित्वका लागि संवाद तथा कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्ने बताए।

राजदूत अलअन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सभामुख अर्याल र कतारी राजदूत मिसाल मोहम्मद अली अलअन्सारीबिच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ८, मंगलबार
नागरिकका सरोकारमा कांग्रेसले सरकारलाई निरन्तर खबरदारी गर्छ : सभापति थापा
२०८३ मंग्सिर ८, मंगलबार
‘विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण’ – मुख्यमन्त्री भट्ट
२०८३ मंग्सिर ८, मंगलबार
एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ गतेसम्म समय
२०८३ मंग्सिर ८, मंगलबार
‘आज रेलगाडी मात्र होइन, दुई देशको आत्मीय सम्बन्धको नयाँ यात्राको स्वागत हो’ : मन्त्री यादव
२०८३ मंग्सिर ८, मंगलबार
स्थानीय निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने प्रचण्डको दाबी
२०८३ मंग्सिर ८, मंगलबार
चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री
२०८३ मंग्सिर ८, मंगलबार