काठमाडौँ, ३० कात्तिकः सभामुख डोलप्रसाद (डिपी) अर्याल वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
उहाँले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै सहिदहरूले देखेका समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको सङ्कल्पलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।
आज बिहान सभामुख अर्याल छठ पर्वको अन्तिम दिन कलैयास्थित रामजानकी छठघाटमा पुगेर उदाउँदो सूर्यलाई अघ्र्य अर्पण तथा छठी माताको पूजा–आराधनामा सहभागी पनि हुनुभएको उहाँको सचिवालयले जनाएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया