मंग्सिर ११, २०८३ शुक्रबार November 27, 2026

मुस्ताङमा जनवाल माध्यमिक विद्यालयका तीन भवन निर्माण हुँदै

दुईतले विद्यार्थी छात्रावासमा १२ कोठा र दुईतले प्रशासनिक भवनमा १५ कोठा निर्माण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुस्ताङ । भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित जनवाल माध्यमिक विद्यालयका तीन वटा भवनको शिलान्यास गर्नुभएको छ ।

भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत भारतीय राजदूतावासको ८० प्रतिशत र घरपझोङ गाउँपालिकाको २० प्रतिशत लागत साझेदारीमा विद्यालयको प्रशासनिक भवन तथा शिक्षक र विद्यार्थीका लागि छात्रावास निर्माण हुन लागेको हो ।

कुल रु १४ करोड ५९ लाख अनुमानित लागत रहेको परियोजनाअन्तर्गत रु ११ करोड ४५ लाखमा अमित बिल्डर्सले निर्माणको ठेक्का पाएको छ । निर्माण कार्य डेढ वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर जीवनसिंह भण्डारीले जानकारी दिनुभयो ।

विद्यालयमा तीनतले शिक्षक आवासीय भवनमा ४५ कोठा, दुईतले विद्यार्थी छात्रावासमा १२ कोठा र दुईतले प्रशासनिक भवनमा १५ कोठा निर्माण गरिनेछ ।

विभिन्न जिल्लाका कठिन परिस्थितिका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा आवास तथा आवश्यक भौतिक पूर्वाधारको अभावले पठनपाठनमा समस्या हुँदै आएको थियो ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सकबहादुर लालचन सहभागी हुनुहुन्थ्यो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
२०८३ मंग्सिर ११, शुक्रबार
ट्राबुको ब्राजिलको अर्थमन्त्री नियुक्त
२०८३ मंग्सिर ११, शुक्रबार
मुस्ताङमा जनवाल माध्यमिक विद्यालयका तीन भवन निर्माण हुँदै
२०८३ मंग्सिर ११, शुक्रबार
राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता, समसामयिक राजनीतिमाथि छलफल
२०८३ मंग्सिर ११, शुक्रबार
एकनारायण अर्याल पक्राउपछि सभामुख डिपी अर्याल ‘रेड जोन’ मा
२०८३ मंग्सिर ११, शुक्रबार
चट्टोग्राममा नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास
२०८३ मंग्सिर ११, शुक्रबार
हेंवाखोलामा डाइभर्सन नबन्दा साना सवारीसाधन ठप्प, स्थानीयलाई दोब्बर दूरीको सास्ती
२०८३ मंग्सिर ११, शुक्रबार