मंग्सिर ११, २०८३ शुक्रबार November 27, 2026

चट्टोग्राममा नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास

आर्थिक सहकार्यका प्रमुख क्षेत्र तथा दुवै देशका व्यवसायीबीच साझेदारी विस्तारका सम्भावनाबारे लिए जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, हवाई सम्पर्क तथा पर्यटन क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्न दुवै देशका निजी क्षेत्रबीच साझेदारी आवश्यक रहेकोमा जोड दिइएको छ ।

बङ्गलादेशको प्रमुख बन्दरगाह सहर चट्टोग्राममा बिहीबार साँझ आयोजित ‘नेपाल–बङ्गलादेश आर्थिक सहकार्य: व्यापार तथा पर्यटन सम्बन्ध सुदृढीकरण’ विषयक कार्यक्रममा ढाकास्थित नेपाली राजदूतावासका उपप्रमुख प्रतीक कार्कीले दुई देशबीच आर्थिक साझेदारीका क्षेत्रमा निरन्तर प्रगति भइरहेको बताउनुभयो ।

उहाँले व्यापार, ऊर्जा, हवाई सम्पर्क, पर्यटन तथा जनस्तरको सम्बन्धलाई आर्थिक साझेदारीका प्रमुख क्षेत्रका रूपमा उल्लेख गर्दै चट्टोग्रामका व्यवसायीलाई नेपालको निजी क्षेत्रसँग साझेदारी गर्न आग्रह गर्नुभएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यस अवसरमा नेपाली दूतावासका प्रथम सचिव योजना बम्जनले नेपाल र बङ्गलादेशबीच आर्थिक सहकार्यका प्रमुख क्षेत्र तथा दुवै देशका व्यवसायीबीच साझेदारी विस्तारका सम्भावनाबारे जानकारी दिनुभएको थियो ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
२०८३ मंग्सिर ११, शुक्रबार
ट्राबुको ब्राजिलको अर्थमन्त्री नियुक्त
२०८३ मंग्सिर ११, शुक्रबार
मुस्ताङमा जनवाल माध्यमिक विद्यालयका तीन भवन निर्माण हुँदै
२०८३ मंग्सिर ११, शुक्रबार
राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता, समसामयिक राजनीतिमाथि छलफल
२०८३ मंग्सिर ११, शुक्रबार
एकनारायण अर्याल पक्राउपछि सभामुख डिपी अर्याल ‘रेड जोन’ मा
२०८३ मंग्सिर ११, शुक्रबार
चट्टोग्राममा नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास
२०८३ मंग्सिर ११, शुक्रबार
हेंवाखोलामा डाइभर्सन नबन्दा साना सवारीसाधन ठप्प, स्थानीयलाई दोब्बर दूरीको सास्ती
२०८३ मंग्सिर ११, शुक्रबार