मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

रूसद्वारा नयाँ आणविक पनडुब्बी सार्वजनिक

रूसले सन् २०३० सम्म देशको आणविक ऊर्जाबाट चल्ने पनडुब्बी सेवालाई थप पाँच वटा थप्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मस्को, १२ मङ्सिर : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नयाँ आणविक ऊर्जाबाट चल्ने पनडुब्बी सार्वजनिक गर्दै रूसले सन् २०३० सम्म देशको आणविक ऊर्जाबाट चल्ने पनडुब्बी सेवालाई थप पाँच वटा थप्नेछ बताएको छ ।

क्रेमलिनले सार्वजनिक गरेको भिडियोमार्फत् यो जानकारी गराइएको हो । उत्तरपश्चिमी शहर सेभेरोद्विन्स्कको सेभ्माश शिपयार्डमा राष्ट्रपति पुटिनले ‘पर्म’ पनडुब्बीको अनावरण गर्ने समारोहमा सरीक हुनुभएको थियो ।

अनावरणले नौसेनामा यसको औपचारिक हस्तान्तरणलाई सङ्केत गर्छ ।

उहाँले भन्नुभयो, “रूस यस्तो शक्तिशाली आणविक पनडुब्बी निर्माण गर्न सक्ने विश्वका थोरै देशहरूमध्ये एक हो । यी हतियारहरूको विश्वव्यापी पहुँच र महत्व छ।”

आणविक ऊर्जाबाट चल्ने पनडुब्बीहरू रुसको आणविक प्रतिरोध क्षमताको महत्वपूर्ण हिस्सा हुन् किनभने पानीमुनि गोप्य रूपमा सञ्चालन गर्न सक्ने क्षमताले आक्रमण भएमा शत्रुविरूद्ध जवाफी आक्रमण सुनिश्चित गर्छ ।

रूसी नेता पुटिनले भन्नुभयो, “नौसेनाले सन् २०३० सम्म थप पाँच वटा यस्ता े पनडुब्बीहरू प्राप्त गर्नेछ, जसमा तीन वटा यासेन–एम वर्गका हुनेछन्।

पर्म पनि यही वर्गको हो। यी पनडुब्बीहरू क्रुज मिसाइलहरूको भार बोकेर ‘विश्वका महासागरका कुनै पनि भाग’ मा चल्न सक्छन् ।” रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकीद्वारा एनआरएनए पाँच विकेटले पराजित
२०८३ मंग्सिर १२, शनिबार
किस्ट अस्पतालद्वारा मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा दिइँदै
२०८३ मंग्सिर १२, शनिबार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
२०८३ मंग्सिर १२, शनिबार
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्न पुगे गृहमन्त्री
२०८३ मंग्सिर १२, शनिबार
किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी
२०८३ मंग्सिर १२, शनिबार
स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
२०८३ मंग्सिर १२, शनिबार
एक रातमै एक हजार २०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी
२०८३ मंग्सिर १२, शनिबार