मंग्सिर ११, २०८३ शुक्रबार November 27, 2026

विपक्षीको दबाबपछि मंगलबार राज्य व्यवस्था समितिको बैठक, विवादित सुरक्षा मुद्दा छलफलमा

आईजीपी हटाइएको र समाचार कक्षमै प्रहरी पठाइएको विषयमा राज्य व्यवस्था समितिले छलफल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आउँदो मंगलबारका लागि डाकिएको छ।

समिति सभापति हरि ढकालले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन्। झण्डै दुई महिनाको अन्तरालपछि बस्न लागेको यस बैठकमा गृहमन्त्री सुधन गुरुङसमेत सहभागी हुने तय भएको छ।

आगामी बैठकमा समसामयिक सुरक्षा तथा प्रशासनिक विवादका विभिन्न विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। विशेषगरी नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाइएको प्रकरण र पत्रकार पक्राउ गर्न समाचार कक्षमै प्रहरी पठाइएको घटनाबारे समितिले चासो राखेको छ।

यसका साथै प्रहरीको अनुसन्धानमा रहेको विषयमा प्रधानमन्त्री कार्यालयले देखाएको अस्वाभाविक चासो तथा प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइल फोन प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको निवासमा ‘लोकेसन ट्रेस’ भएको भनिएको विवादित विषयमा पनि बैठकमा छलफल हुनेछ।

यसअघि प्रमुख प्रतिपक्षी दलहरूले विवादास्पद विषयहरूमा छलफल गर्न तत्काल समितिको बैठक डाक्न माग गर्दै सभापतिसमक्ष औपचारिक पत्रसमेत बुझाएका थिए।

विपक्षीको निरन्तरको दबाब र मागका बावजुद सभापति ढकालले विगत दुई महिनादेखि समितिको बैठक बोलाएका थिएनन्। लामो समयको मौनतापछि अन्ततः मंगलबारका लागि बैठक तय गरिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुख र चारतारे झण्डाको दुरुपयोग रोक्न कांग्रेसले निर्वाचन आयोग गुहार्ने
२०८३ मंग्सिर ११, शुक्रबार
रास्वपा सभापति रवि लामिछाने सुर्खेतमा
२०८३ मंग्सिर ११, शुक्रबार
सर्वोच्चको अन्तरिम आदेश : खोटाङका जिसस प्रमुखलाई साविककै काम गर्न दिन निर्देशन
२०८३ मंग्सिर ११, शुक्रबार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
२०८३ मंग्सिर ११, शुक्रबार
रास्वपाको क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत
२०८३ मंग्सिर ११, शुक्रबार
१०औँ राष्ट्रिय खेलकुद: राष्ट्रिय पौडी च्याम्पियनसिपमा १६ स्वर्णसहित बागमती च्याम्पियन
२०८३ मंग्सिर ११, शुक्रबार
मध्यपुर थिमि खेलकुद महोत्सव पुस ११ गते हुने
२०८३ मंग्सिर ११, शुक्रबार