मंग्सिर २, २०८३ बुधबार November 18, 2026

इन्टरनेट सेवा प्रदायकलाई टीएससी विवरण पेस गर्न दूरसञ्चार प्राधिकरणको अल्टिमेटम

० कार्य दिनभित्र टीएससीको विवरण बुझाउन प्राधिकरणको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई १० कार्य दिनभित्र आवश्यक कागजातसहित विवरण पेस गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ।

आर्थिक ऐਨ, २०८३ को दफा ८ को उपदफा ५ मा दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरे अनुसार हुने व्यवस्था रहेकाले सोही बमोजिम विवरण माग गरिएको हो।

प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गरिरहेका सबै इन्टरनेट (इमेलसहित) सेवा प्रदायकहरूले आर्थिक वर्ष २०८२/८३ र चालु आर्थिक वर्षको असोज महिनासम्म नियमानुसार नेपाल सरकारको राजस्व खातामा दाखिला गरेको दूरसञ्चार सेवा दस्तुरसँग सम्बन्धित विवरण पेस गर्नुपर्नेछ।

तोकिएको ढाँचामा मासिक बिक्री, इन्टरनेट बिक्री बापतको आय, मर्मत सम्भार, उपकरण बिक्री तथा अन्य आयलगायत दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिला भए/नभएको स्पष्ट विवरण १० कार्य दिनभित्र प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखा, जमल, काठमाडौंमा बुझाउनुपर्नेछ।

प्राधिकरणले प्रत्येक महिनाको लागि छुट्टाछुट्टै विवरण तयार गरी बुझाउन समेत सम्बन्धित सबैलाई सचेत गराएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
काठमाडौँ-मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन
२०८३ मंग्सिर २, बुधबार
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै
२०८३ मंग्सिर २, बुधबार