असार २३, २०८२ सोमबार July 7, 2025

‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’

हामीले विद्यार्थीहरू स्वदेशमै बस्ने वातावरण तयार गर्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तुलसीपुर। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विद्यार्थी विदेश जाने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्। दाङमा आज आयोजित कार्यक्रममा उनले १२ कक्षा उत्तिर्ण गरेर विद्यार्थीहरू विदेश जाने गरेकाले त्यस्तो अवस्था अन्त्य हुनुपर्ने बताए।

‘१२ पढ्ने र विदेश जाने अवस्था छ, यसले नेपालको दक्ष जनशक्ति पलायन भइरहेका छन्’, उनले भने, ‘हामीले विद्यार्थीहरू स्वदेशमै बस्ने वातावरण तयार गर्नुपर्छ।’ धेरै अभिभावकहरू गिट्टी कुटेर आफ्ना सन्तानलाई पढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले त्यस्ता अभिभावकलाई सम्मान गर्नुपर्नेमा जोड दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया