माघ ९, २०८२ शुक्रबार January 23, 2026

आजको मद्रा : अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो

यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ७५ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ३८ पैसा तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहीबार अमेरिकी डलर स्थिर रहेको छ। आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ४३ पैसा कायम गरिएको छ। यसअघि बुधबार डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो।

बिहीबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ७५ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ३८ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५२ पैसाले घटेको हो।

बुधबार युरोको खरिदमूल्य १४५ रूपैयाँ २७ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ९०   पैसामा खरिदबिक्री भएको थियो। त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७४ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७५ रूपैयाँ ४९ पैसा कायम गरिएको छ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ १२ र बिक्रीदर ८८ रूपैयाँ ५० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रूपैयाँ १५ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १८ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०५ पैसा तथा बिक्री दर १९ रूपैयाँ १४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ०९ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ २५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०२ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७ रूपैयाँ ९६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ २६ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३९ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ५१ पैसा र बिक्रीदर ४५१ रूपैयाँ ४५ पैसा र बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ९६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना
२०८२ माघ ९, शुक्रबार
प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धि होस्ः उपराष्ट्रपति
२०८२ माघ ९, शुक्रबार
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. अनुप बास्तोला नियुक्त
२०८२ माघ ९, शुक्रबार
निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन
२०८२ माघ ९, शुक्रबार
बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो
२०८२ माघ ९, शुक्रबार
कैफियत देखिएपछि विभागको दुई लाख एक हजार जरिवाना
२०८२ माघ ९, शुक्रबार
कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
२०८२ माघ ९, शुक्रबार