असार २८, २०८२ शनिबार July 12, 2025

भ्युटावरवाला विकासको मोडलमा परिवर्तन जरुरी : उपमहासचिव पुन

राज्य कोषबाट अर्बौँ खर्च गरेर कसैका नाममा अनावश्यक विकास संरचना बनाउन नहुने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पुर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले भ्युटावरवाला विकासको मोडलमा परिवर्तन जरुरी रहेको बताएका छन् ।

झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्यु टावर विकास मोडल अनुत्पादक भएकाले शिक्षा, स्वास्थ्य, रोजगारी र घरबार विहीनलाई सुरक्षित आवासको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘प्रधानमन्त्री केपी ओलीले भ्यु टावरको अवधारणा ल्याएपछि हरेक वडा, पालिका, प्रदेश सबैतिर विकास भनेकै भ्यु टावर, देशको गौरव भनेकै भ्यु टावरजस्तो भएको छ । ओलीजीले दमकमा ठूलो भ्यु टावर ठड्याउनुभयो’, पुनले भने, ‘प्रधानमन्त्री ओलीले भ्यु टावरलाई विकासको मोडल बनाउनुभयो । तर, उहाँको विकासको मोडलमा गम्भीर त्रुटि छ ।’

निर्वाचन क्षेत्र झापा-५ मा मात्र ४ देखि ५ हजार हाराहारी सुकुम्वासी रहेको तथ्यांक प्रस्तुत गर्दै पुनले भ्यु टावरभन्दा पहिला उनीहरूलाई सुरक्षित बास, खाना र रोजगारीको व्यवस्था गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।

राज्य कोषबाट अर्बौँ खर्च गरेर कसैका नाममा अनावश्यक विकास संरचना बनाउन नहुने भन्दै पुनले यस्तो प्रवृत्ति निरङ्कुश राज्य व्यवस्थामा मात्र हुने गरेको बताए । पछिल्लो समय आफूहरूले सुशासन र सामाजिक न्यायको पक्षमा राम्रो जनमत निर्माण गरेको पुनले बताए ।

लोकतन्त्रमा संविधान र कानूनभन्दा माथि कोही नहुने चर्चा गर्दै पुनले कानूनी रूपमा प्रश्न उठेपछि प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष वा जतिसुकै प्रभावशाली व्यक्ति भए पनि छानबिन र अनुसन्धानको दायरामा आउनुपर्ने उल्लेख गरे । ‘प्रचण्ड प्रधानमन्त्री हुँदा १८ महिनामा हामीले प्रभावशाली व्यक्ति र सर्वसाधारण सबैका लागि कानून बराबर हो । कानूनभन्दा माथि कोही हुँदैन भनेर स्थापित गरेका थियौँ’, पुनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार