असार २२, २०८२ आइतबार July 6, 2025

यूएफा यूरोपा लिगका खेलहरू आजबाट शुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यूएफा यूरोपा लिग आजबाट शुरू हुँदैछ। यूरोपेली फुटबलको सर्वोच्च निकाय यूएफाले आयोजना गर्ने लिग कोरोनाभाइस महामारीका कारण पाँच महिना पछाडि धकेलिएको थियो ।

आज राति चार खेलहरु हुँदैछन् । पहिलो खेल जर्मन क्लब वुल्भ्सवर्ग र युक्रेनी क्लब शक्खतर डोनेस्कबीच हुँदैछ । आजै हुने अन्य खेलहरूमा ईटालियन क्लब ईन्टर मिलान र स्पेनी क्लब गेटाफे भिड्दैछन् ।

त्यस्तै अर्को खेलमा इङ्लिश क्लब म्यान्चेस्टर यूनाइटेड र अष्ट्रियन क्लब LASK खेल्दैछन् । यही शुक्रबारबाट शुरू हुने च्यापियन्स लिगमा स्वेदशी लिगमा शीर्ष चार स्थान हासिल गरेका यूरोपेली क्लबहरू भिड्दै छन् ।

च्यापियन्स लिगको फाइनल खेल पोर्चुगलको लिस्बोनमा अगस्ट २३ मा हुँदैछ भने यूरोपा लिगको फाइनल खेल त्यसको अगस्ट २५ मा जर्मनको कोलोनमा आयोजना हुने तय भएको छ ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया