असार २८, २०८२ शनिबार July 12, 2025

माओवादीले अब कसैसँग गठबन्धन नगरी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छः प्रचण्ड

अब जनताको तागत र जनतामा चुनाव लडिने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, फागुन १२ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब कसैसँग गठबन्धन नगरी आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताएका छन् ।

आजसम्म जो–जोसँग मिलेर चुनाव लडेपनि उनीहरु नै ठूलो दल बनेको र बरु माओवादी आफ्नै खुट्टामा उभिएर चुनाव लड्न सक्दैन भनी दुस्प्रचार गरिएको भन्दै उनले त्यसलाई गत स्थानीय तहको उपनिर्वाचनले खण्डित गरिसकेको र अब कसैसँग गठबन्धन नहुने बताए ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब जनताको तागत र जनतामा चुनाव लडिने बताएका हुन् । उनले भने, ‘हामी अब आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं । माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने एउटा हल्ला, दुस्प्रचार गरिएको थियो । हामीले सहकार्य गरेर हामी त ठूलो भएनौं, कांग्रेससँग सहकार्य गरेर पनि माओवादी ठूलो त भएन, एमालेसँग सहकार्य गरेर पनि ठूलो भएन । बरु हामीले जोसँग सहकार्य गर्यौं त्यही पार्टी ठूलो भयो । कहिले कांग्रेस ठूलो भयो, कहिले एमाले ठूलो भयो । हामी जतिबेला सहकार्यमा थिएनौं, त्यो बेलामा ठूलो पार्टी थियौं । त्यसकारण आफ्नै खुट्टामा उभिएर, जनताको तागतको बलमा चुनाव लड्छौं । उपचुनावमा हामी एक नम्बर पार्टी बन्यौं । मैले कांग्रेस र एमालेका नेताहरुलाई भन्ने गरेको छु– तपाईँहरु मिलिराख्नुस् ।’

साथै, माओवादी अब बीचमै सरकारमा सहभागी नहुने उनले बताए । आफूले अहिलेसम्म पुगेका सबै ठाउँबाट फेरि सरकारमा नजाने सुझाव पाएको बताउँदै अध्यक्ष प्रचण्डले आफूहरुको ध्यान जनता र आफ्नो वर्ग, समुदायतिर केन्द्रीत भएको सुनाए । ‘म जति ठाउँमा पुगेको छु, साथीहरुले मलाई सुझाव दिने गर्नुभएको छ–अध्यक्षज्यू कुनै हालतमा यो बीचमा सरकारमा नजानु होला है, सरकारमा नजानुहोला । सबैतिर मलाई सुझाव त्यही नै छ । हामी पनि अहिले सरकारतिर होईन, हाम्रो ध्यान जनतातिर छ, आफ्नो वर्ग र समुदायतिर नै छ,’– उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार