काठमाण्डौंः नेपाल टेलिभिजन र नेपाल दूरसञ्चार प्राधिकरणबीच “कोभिड हटलाइन” र सूचनामूलक बिशेष कार्यक्रम निर्माण तथा प्रसारणमा सहकार्यका लागि आज सम्झौता भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणमा आयोजित समारोहमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अवधी करिब एक बर्ष रहने जनाईएको छ।
दुबै संस्थाहरुको सहकार्यमा निर्माण तथा प्रसारण हुने कोभिड हटलाइन कार्यक्रममा कोभिड- १९ सम्बन्धी दर्शकका प्रश्न र सम्बन्धित निकायबाट प्राप्त जवाफ तत्काल उपलब्ध गराइनेछ ।
यसैगरी कार्यक्रमहरुको अघि-पछि जनचेतनामूलक सन्देशहरु प्रसारण गरिनेछन । सम्झौतापछि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर बिष्टले दुवै संस्थाहरु बीचको सहकार्य कोभिड- १९ महामारी नियन्त्रणमा फलदायी हुने बिश्वास ब्यक्त गरे ।
प्राधिकरणका अध्यक्ष खनालले जनचेतना बिकासमा नेपाल टेलिभिजनले पुर्याउँदै आएको योगदानको सराह्नना गर्दै दुई सँस्थाबीचको सहकार्य उपयोगी रहँदै आएको उल्लेख गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया