असार २३, २०८२ सोमबार July 7, 2025

जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

लोभलालच देखाई पुस महिनादेखि लगात्तर माघ २८ गतेसम्म जबरजस्ती करणी गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुलीकोट, फागुन १३ गते । जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट जिल्ला नलगाड गाउँपालिका–८ स्थायी घर भएका ३५ वर्षीया शिक्षक कमल बहादुर बोहोरा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुबेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नाम परिवर्तित १५ वर्षीया नाबालिका कुमारीलाई विभिन्न लोभलालच देखाई पुस महिनादेखि लगात्तर माघ २८ गतेसम्म जबरजस्ती करणी गरेको आरोपमा जाजरकोट नलगाड गाउँपालिका घर भई धार्चे गाउँपालिकाको एक बिद्यालयमा कार्यरत शिक्षकलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

जबरजस्ती करणी गरेको आरोपमा पिडितको आफन्तले दिएको जाहेरी दरखस्तको आधारमा शिक्षक कमल बहादुर बोहोरालाई फागुन १२ गते सोमबार जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोलीले धार्चे गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुबेदीको भनाइ छ ।

पक्राउ परे लगत्तै नाबालिका करणी आरोपी कमल बहादुर बोहोरालाई जिल्ला अदालत गोरखामा उपस्थित गराई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मंगलबार मुद्धा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थपी गरी घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया