असार २८, २०८२ शनिबार July 12, 2025

प्रचण्डको द्वैध चरित्रले माओवादीको जनादेश गुम्यो : महासचिव पोखरेल

आगामी चुनावमा सबै राजनीतिक दलले गठवन्धनविना आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ, फागुन १४ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको द्वैध चरित्रका कारणले माओवादीले जनादेश गुमाउन पुगेको बताउनुभएको छ ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले  सरकारको नेतृत्वमा रहदा प्रचण्डले अवलम्वन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको दाबी गर्नुभयो ।

यस्तै, उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसको सहयोगमा सत्ता समिकरणको कथित म्याजिक नम्वर पाउन सफल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ती दलहरुको सहयोग नपाउने भएपछि आफ्नो सहयोगमा ती दल ठुला भएको हास्यास्पद दावी गरेको उल्लेख गर्नुभएको छ ।

वास्तवमा सरकारको नेतृत्वमा रहदा प्रचण्डले अवलम्वन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको हो, महासचिव पोख्रेलले भन्नुभएको छ, “यो क्रम निरन्तर जारी छ । त्यसको हेक्का भएर नै प्रचण्डमा यतिवेला तिव्र निरासा र छटपटाहट देखिन थालेको छ ।”

साच्चै नेपालको राजनीतिलाई विकास र समृद्धिका लागि राजनीतिक अस्थिरताको दुश्चक्रवाट मुलुकलाई वाहिर निकाल्ने हो भने राजनीतिक ध्रुविकरणको वाटोमा जानु आवश्यक रहेको उहाँले चर्चा गर्नुभएको छ ।

अव आउने चुनावमा सबै राजनीतिक दलले गठवन्धनविना आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नु पर्दछ, महासचिव पोख्रेलले भन्नभएको छ, “यस्तो भएमा कथित म्याजिक नम्वरको नाममा साना दलले ठुला दलहरुमाथि शासन गर्ने स्थितको अन्त्य हुनेछ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार