असार २८, २०८२ शनिबार July 12, 2025

राजा सहितको व्यवस्था स्थापित नभए देश थप सङ्कटमा जाने दाबी

पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद मन्त्री हुन नपाउने व्यवस्थाका लागि राप्रपा आन्दोलित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा रहेको प्रदेश सभा फोहोरको डगुर भएकोले यसको खारेजी  सहितका विभिन्न माग राखी आन्दोलित भएको जनाएको छ ।

विदेशीको इसारामा आएको सङ्घीयताको खारेजी, राजा सहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र , कार्यकारी प्रधानमन्त्री ,पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद मन्त्री हुन नपाउने व्यवस्थाका लागि पार्टीले सडक र सदनबाट  एकैसाथ आन्दोलित भएको बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले बताए । उनले सङ्घीयता देशको लागि घातक भएको र मुलुकले धान्नै नसक्ने व्यवस्थाको अन्त्य अपरिहार्य रहेको  भन्दै समान विचार  र समान माग भएकाहरुका बिचमा  नयां सहमति र  समझदायी अहिलेको आवश्यकता भएको जिकिर गरे ।

पार्टीको लुम्बिनी प्रदेश स्तरीय बृहत् आमसभा  शनिवार बुटवलमा आयोजना गर्न लागिएको बारे  जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा  प्रदेश अध्यक्ष उदयले राजा सहितको व्यवस्था स्थापित नभए देश थप सङ्कटमा जाने दाबी गरे ।

मुलुकमा भष्ट्राचार अचाक्ली बढेको ,वर्तमान  निर्वाचन प्रणाली नै भष्ट्राचारको जग भएकाले यो निर्वाचन प्रणाली हटाई पूर्ण समानुपातिक  बनाउनु पर्नेमा अध्यक्ष उदयले जोड दिए ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सल्लाहकार तथा पूर्व मन्त्री निरञ्जन थापाले  राजा सहितको व्यवस्था  नल्याउँदा सम्म यो देशमा सुशासन हुन नसक्ने जिकिर गदै त्यसैका लागि पार्टीले सातै प्रदेशमा जनजागरण कार्यक्रम अन्तर्गत बृहत् आमसभा गर्न सुरु गरेको बताए ।

पार्टीले कोशी र गण्डकी प्रदेशमा सभा सम्पन्न गरी  सकेको छ भने १७ गते बुटवल १८ गते सुदूरपश्चिमको धनगढी, २१ गते मधेश प्रदेश र २७ गते काठमाडौमा सभा गर्ने  गरी  तयारी अगाडी बढाईएको  नेता ताहिर अलीले बताए । बुटवलको सभामा पार्टी सभापति राजेन्द्र लिङदेल, ध्रुव बहादुर प्रधान ,  धवल शमशेर राणा, निरञ्जन थापा ज्ञानेन्द्र शाही लगायतका नेताहरुको सहभागिता रहने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार