असार २७, २०८२ शुक्रबार July 11, 2025

ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् फागुन २१ र २२ गते

महामन्त्री गगनकुमार थापालगायतले सम्बोधन गर्ने कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १६ फागुन । नेपाल ट्रेड युनियन कांग्रेसको वार्षिक राष्ट्रिय परिषद् यही फागुन २१ र २२ गते हुने भएको छ ।

भक्तपुरमा हुने परिषद्को उद्घाटन समारोहलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रय समितिको उपाध्यक्ष तथा प्रचार प्रसार विभागका संयोजक राधिका कुइंकेल खनालले बताउनुभएको छ ।

परिषदको बन्द सत्रमा देशभरिका चार सयभन्दा बढीको सहभागिता रहने छ ।

परिषद्ले सङ्गठन विस्तार, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन, श्रम ऐन संशोधन र प्रभावकारी कार्यान्वयन, श्रमिक पञ्जिकरण, न्यूनतम पारिश्रमिक लागू, मर्यादित रोजगारी सिर्जना, जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभाव, सामाजिक संवाद, आधिकारिक ट्रेड युनियनको निर्वाचन, आईएलओ महासन्धिहरुको अनुमोदन, सुरक्षित कार्यस्थल र ट्रेड युनियन अधिकारको ग्यारेन्टी लगायतका विषयहरूमा बृहत् छलफल गर्ने जनाइएको छ ।

यसैगरी, सशक्त ट्रेड युनियन आन्दोलनको कार्यदिशा निर्माण गर्ने विश्वास लिएको छ । परिषद् सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी काम अगाडि बढिरहेकाले तयारी अन्तिम चरणमा पुगेको परिषद् तयारी समितिका संयोजक एवम् वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार