श्रावण १, २०८२ बिहिबार July 17, 2025

विप्लवका रुकुम (पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रुकुम (पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

लुकीछिपी कार्यक्रम तथा चन्दा संकलन गरिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको मुसीकोट नगरपालिका-६ का ३९ वर्षीय जिल्ला सेक्रेटरी रावलसहित पार्टीका जिल्ला सदस्य २८ वर्षीय घमण्ड महर र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष १९ वर्षीय प्रेमप्रशान्त बोहरालाई पक्राउ गरेको जनाएको हो ।

त्यस्तै सोही टोलीमा रहेका पार्टीका कार्यकर्ता २० वर्षीय तुलबहादुर घर्ती पनि पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । अनुसन्धानको क्रममा चेक जाँच गर्दा राडीबजारको एक होटलको कोठामा छलफल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया