असार २३, २०८२ सोमबार July 7, 2025

एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने

२०८१ को एसईईका लागि परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । यस बर्ष आगामी ७ चैत देखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार ९२०८०० र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका छन् ।

परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिएका छन् । ‘परीक्षा केन्द्र केही थपघट हुनसक्छ,’ ज्ञवालीले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया