असार २३, २०८२ सोमबार July 7, 2025

‘राष्ट्रियताका लागि गोर्खा समुदायको योगदान महत्त्वपूर्ण छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २३ फागुन : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विश्वसामु नेपाललाई चिनाउन वीर गोर्खाली सैनिकको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

भारतीय ब्रिटिश तथा सिङ्गापुर गोर्खा पुलिसका समुदायबाट विसं २०६६ मा स्थापित गोर्खा कम्युनिटी पोखराद्वारा आज यहाँ आयोजित तेस्रो संस्करणको गोर्खा मेलाको उद्घाटन गर्दै उहाँले राष्ट्रियता संरक्षणका लागि गोर्खा समुदायले दिएको योगदान महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो ।

वीर गोर्खालीका कारण नेपाल कहिल्यै कसैको उपनिवेश हुन नपरेको बताउँदै भट्टले विदेशी मुद्रा आर्जनको स्रोत गोर्खा सैनिकहरू रहेका बताउनुभयो । बेलायती र भारतीय सेना तथा सिङ्गापुर प्रहरी फौजमा गोर्खाली सैनिकले गरेको लामो र अति विशिष्टिकृत सेवाले यी मुलुकहरूसँग शताब्दीऔँ लामो मित्रताको आधार बन्नु महत्वपूर्ण उपलब्धिका रूपमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

गोर्खा सैनिकहरूले जीवनका उर्जाशील वर्षहरूलाई विदेशी भूमिमा विभिन्न ओहदामा खर्चेर अवकाश प्राप्त गरी मातृभूमि नेपालमा फर्केर आफ्नो सीप र दक्षतालाई आयमूलक काम र सामाजिक योगदानमा समर्पित गरिरहेका उहाँले बताउनुभयो ।

शताब्दीदेखि ब्रिटिश र भारतीय सेनाका लागि गरिएको योगदान र बलिदानीको सम्मान गरी कुनै भेदभावविना समान सेवा सुविधा प्रदान गर्दै आफ्नो मुलुकको सुरक्षामा गरेको योगदानको कदर गर्नुपर्नेमा प्रमुख भट्टले जोड दिनुभयो । विदेशी मुद्रा आर्जन र व्यापार घाटामा ठूलो योगदान पुर्‍याउँदै आएको भूपू गोर्खा सैनिकको पैतृक र आर्थिक सम्पत्ति विदेश पलायन हुन नदिन राज्य पनि सचेत रहनुपर्ने उहाँको भनाइ छ ।

उहाँले विदेशमा कमाएको धन र सिकेका सीपलाई नेपाली माटोमा परिचालन गरी आत्मनिर्भरताको मार्गमा हिँड्न प्रेरित गरेकामा गोर्खा कम्युनिटीप्रति आभार व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार