असार २४, २०८२ मंगलबार July 8, 2025

शंकरदेव क्याम्पसमा स्ववियु सभापतिले च्याते रजिस्टर

चार सयभन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं ।  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लक्षित गतिप्रति असन्तुष्टि जनाउँदै शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले रजिस्टर च्यातेका छन्।

क्याम्पस प्रशासनले सर्वदलीय बैठक नडाकी मनोमानी ढंगले अघि बढ्न खोजेको भन्दै उनले निर्णय लेख्न प्रयोग हुँदै आएको रजिस्टर च्यातेका हुन्।

‘म विधि सम्मत क्यापसका गतिविधि हुनुपर्छ भन्नेमा दृढ छु। तर, मलाई नै चार सयभन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप लगाइयो। यस्तो गलत आरोप सह्य हुँदैन,’ उनले भने।

उनले क्याम्पस प्रशासनले औपचारिक बैठक नबोलाएर विभिन्न आरोप लगाउने गरेको गुनासो गरे। माघ मसान्तपछि भर्ना भएकाहरूको भर्ना खारेज हुनुपर्छ भन्नेमा स्ववियुको समर्थन रहेकाले आफूहरूले फर्जी भर्ना गर्न सक्ने कुनै आधार नरहेको उनको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया