श्रावण १, २०८२ बिहिबार July 17, 2025

खड्गबहादुर बस्नेतको निधनप्रति काँग्रेस संसीय दलद्वारा शोक व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेस संसदीय दलले पूर्वमन्त्री एवम् पूर्वसांसद मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।

प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार शोक विज्ञप्ति जारी गरेर पूर्वसांसद बस्नेत र उनको परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् ।

बस्नेतका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा बिहीबार राति महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । खड्गबहादुर बस्नेतको असामयिक दुःखद् निधनप्रति नेपाली कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गरेको खाँणद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया