असार २२, २०८२ आइतबार July 6, 2025

प्रिमियर लिग म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रिमियर लिग क्लब प्रवेश गरेको छ ।

गएराती सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को दोस्रो लिगमा स्पेनिस महारथी रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गर्दै सिटी समग्रमा ४-२ को अग्रता सहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सिटीको जितमा रहिम स्टरलिंग र गाब्रियल जिससले एक एक गोल गरेका थिए भने रियल म्याड्रिडका लागि एक गोल करिम बेन्जामाले गरेका थिए ।

योसँगै रियल म्याड्रिड च्याम्पियन्स लिग बाट बाहिरिएको छ । रियल दुवै लिगमा सिटीसँग २-१ गोल अन्तरले पराजित हुदै बाहिरिएको छ ।

अब सिटी अगस्त १५ मा क्वाटरफाइनलमा लियोनसँग खेल्ने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया