असार २३, २०८२ सोमबार July 7, 2025

युवराज सङ्ग्रौलाले विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप

यौनिक तथा अल्पसंख्यक समुदायको समर्थन गर्ने विद्यार्थीलाई निष्कासनको धम्की दिने गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ।  ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक डा. युवराज सङ्ग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ ।

एक विद्यार्थीले इन्स्टाग्राममा सङ्ग्रौलाले छात्राहरूसँग आपत्तिजनक टिप्पणी गर्ने, ब्याक मसाज गर्न बाध्य पार्ने र महिलाबारे अवमानजनक शब्द प्रयोग गर्ने गरेको आरोप लगाएकी हुन् । उनले सङ्ग्रौलाले यौनिक तथा अल्पसंख्यक समुदायको समर्थन गर्ने विद्यार्थीलाई निष्कासनको धम्की दिने गरेको समेत दाबी गरेकी छन्।

छ वर्षअघि पनि संग्रौलाविरुद्ध यस्तै आरोप लागेको थियो । विद्यार्थीहरूले कलेज प्रशासनलाई उजुरी दिए पनि सुनुवाइ नभएपछि सामाजिक सञ्जालमार्फत कुरा बाहिर ल्याएको बताएका छन् । यो प्रकरण सार्वजनिक भएपछि काठमाडौँ स्कुल अफ लले विज्ञप्ति जारी गर्दै छानबिन अघि बढाउने बताएको छ ।

विज्ञप्तिमा  निवेदकले कलेजमा पेश गरेको निवेदन सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकाले निजलाई समितिमा उपस्थित भएर उजुरीको कारवाही र किनारा लगाउन सहयोग गर्न पत्राचार गरेको उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया