असार २६, २०८२ बिहिबार July 10, 2025

काँग्रेस सभापति देउवाद्वारा शोक व्यक्त

मृतक श्रेष्ठको आज अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका कोषाध्यक्ष एवं पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठकी ८९ वर्षीया आमा लीलादेवी श्रेष्ठको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

सभापति देउवाले आज शोक विज्ञप्ति निकालेर स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ । उहाँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । उहाँको आज अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली कांग्रेसले जनाएको छ ।

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया