असार २५, २०८२ बुधबार July 9, 2025

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

एकदिने स्वास्थ्य शिविरबाट चार सय १० जना नागरिकले स्वास्थ्य लाभ लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट (बागलुङ), ३ चैत : कालिमाटीमा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरबाट चार सय १० जना नागरिक लाभान्वित भएका छन् । रोटरी क्लब अफ बागलुङ र रोटरी क्लब अफ मिट टाउन पोखराको आयोजनामा बागलुङ नगरपालिका–७ कालिमाटीमा आयोजित शिविरबाट नागरिकले विशेषज्ञ सेवा लिएको रोटरी क्लब अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्माले जानकारी दिनुभयो ।

शिविरको शुभारम्भ वडाध्यक्ष मेघराज गैरेले गर्नुभएको थियो । उहाँले गाउँमै विशेषज्ञ सेवा प्रदानका लागि रोटरी क्लबले गरेको योगदानको चर्चा गर्नुभयो । रोटरी क्लब अफ बागलुङका अध्यक्ष शर्माले शिविरमा स्त्रीरोग, हाडजोर्नी तथा नसारोग, मिर्गाैला तथा मूत्ररोग, आँखा, नाक, कान तथा घाँटीरोग, पेट, मुटु तथा छातीरोग र प्रयोगशाला सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले गाउँमै विशेषज्ञ सेवा प्रदान गर्दा नागरिकलाई रोगको पहिचान, उपचार तथा खर्च र समय बचत भएको बताउनुभयो ।

शिविरमा स्त्रीरोग विशेषज्ञ डा चण्डिका न्यौपाने, वरिष्ठ सर्जन डा भोजराज न्यौपाने र हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा पविन थापालगायत स्वास्थ्यकर्मीले सेवा दिनुभएको रोटरी क्लब आफ मिट टाउन पोखराका अध्यक्ष सूर्यनारायण बरालले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार