असार २५, २०८२ बुधबार July 9, 2025

सरकारले वितरण गर्ने सिटामोल पनि गुणस्तरहीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वास्थ्य संस्थाहरुबाट वितरण गरिने अति आवश्यक औषधिको गुणस्तर अध्ययन गर्दा ३७ वटा ब्याच उचित गुणस्तरको नभएको पाइएको छ जसमा ज्वरो आउँदा सेवन गर्ने सिटामोल पनि छ ।

कुल ६२ स्वास्थ्य संस्थाहरु र पाँच क्षेत्रीय मेडिकल स्टोरले गरेको अध्ययनले यो नतिजा निकालेको हो । प्रतिवदेनमा कुल ६२ स्वास्थ्य संस्था पनि संलग्न थिए । यस अध्ययनले १७ वटा जिल्ला अस्पताल, तीनवटा अञ्चल अस्पताल, एक क्षेत्रीय अस्पताल, २१ वटा प्राथमिक स्वास्थ्य केन्द्र र २० वटा स्वास्थ्य चौकीहरु समेटिएका छन् ।

‘२० प्रकारका औषधिहरुको कुल २४४ ब्याच ल्याबमा टेस्ट गर्दा, २३ वटा नेपाल सरकारद्वारा वितरण भएका ब्याच र १४ वटा ब्याच स्वास्थ्य संस्थाहरुमा अन्य स्रोतबाट आएका छन्’ -प्रतिवेदनमा भनिएको छ ।

यस अध्ययनमा स्वास्थ्य संस्था तथा क्षेत्रीय मेडिकल स्टोरहरुबाट २० प्रकारका औषधिको कुल ४४ ब्याचहरु संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा गुणस्तर परीक्षणका लागि पठाइएको थियो । प्रतिवदेदनअनुसार, संकलन गरिएका २० प्रकारका औषधिमध्ये सात प्रकारका औषधिहरु गुणस्तरमा फेल भएका छन् ।

गुणस्तर फेल भएका औषधिमा सिप्रोफ्लोक्सिन हाइडोक्लोरायड आँखा र कानमा हाल्ने झोल, आइरन एप्लिमेन्ट्स ट्याब्लेट, मेट्रोनिडेजोल, प्यारासिटामल पेडियाट्रिक ओरल सस्पेन्सन लगायत छन् ।

गुणस्तरीय नदेखिएको प्यारासिटामलको ब्याच ३ रहेको जनाइएको छ । यस औषधिको आपूर्तिकर्ता नेपाल सरकार रहेको प्रतिवेदनमा जनाइएको छ । यसै गरी स्थानीय स्रोतबाट आपूर्ति गरिएको प्यारासिटामल– ब्याच ३ को पनि गुणस्तर फेल रहेको बताइएको छ ।

औषधि भण्डारण गर्दा स्वास्थ्य संस्थाहरुले अपनाउनुपर्ने आधारभूत मापदण्डमा ख्याल नगरेका कारण पनि औषधिको गुणस्तर ह«ास भएको हुन सक्ने बताइएको छ । औषधिलाई सूर्यको प्रत्यक्ष किरणबाट जोगाउनुपर्ने, ओसमा पर्न दिन नहुने, अधिक तापले पनि क्षति पु¥याउने, भण्डार कोठामा हावा आवतजावतको राम्रो व्यवस्था भएको हुनुपर्ने, औषधि भण्डार कोठामा प¥र्याप्त सरसफाइको आवश्यकता नपुगेका कारण पनि औषधिहरु काम नलाग्ने भएको प्रतिवेदनमा जनाइएको छ ।

कुल ६२ मध्ये, ८ (१३ प्रतिशत) स्वास्थ्य संस्थाहरु र ३ क्षेत्रीय मेडिकल स्टोरहरुले मात्र पूर्णरुपमा औषधि भण्डारण निर्देशिका पालना गरेको पाइएको छ । औषधि भण्डार कोठाको तापक्रम १५ डिग्री सेन्टिग्रेडदेखि २५ डिग्री सेन्टीग्रेड हुनुपर्नेमा स्वास्थ्य संस्थाहरुमा १९ डिग्री सेन्टिग्रेडदेखि ३७ डिग्री सेन्टिग्रेड र क्षेत्रीय मेडिकल स्टोरहरुमा ३० देखि ३७ डिग्री सेन्टिग्रेडसम्म तापक्रम तथ्यांक संकलनको बेलामा मापन भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार औषधि भण्डार कोठाको आद्रता ६० प्रतिशतभन्दा कम हुनुपर्नेमा तथ्यांक संकलनको बेलामा स्वास्थ्य संस्थाहरुमा ४० प्रतिशतदेखि ८६ प्रतिशत र क्षेत्रीय मेडिकल स्टोरहरुमा ६१ प्रतिशतदेखि ७७ प्रतिशतसम्म आद्रता मापन भएको थियो । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार