असार २६, २०८२ बिहिबार July 10, 2025

नुवाकोटको महादेव क्याम्पसमा नेविसंघको प्यानलनै विजयी

सभापतिमा नेविसङ्घकी दीपा नेपाल ५२ मत सहित विजयी हुँदा अनेरास्ववियुका प्रज्ज्वल लामिछानेले २५ मत मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नुवाकोटको महादेव क्याम्पस रातमाटेमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसङ्घको प्यानलनै विजयी छ ।

मङ्गलबार भएको भएको स्ववियु निर्वाचनको अन्तिम मत परिणामअनुसार सो क्याम्पसमा नेविसङ्घको प्यानलनै विजयी भएको हो ।

सभापतिमा नेविसङ्घकी दीपा नेपाल ५२ मत सहित विजयी हुँदा अनेरास्ववियुका प्रज्ज्वल लामिछानेले २५ मत मात्रै पाए।

सो क्याम्पसमा एक सय १४ मध्ये ८८ मत खसेको निर्वाचन समितिले जनाएको छ। १० मत बदर भएको थियो। समानुपातिकतर्फ सो क्याम्पसमा नेविसङ्घले ५५ र अखिलले २४ मत पाएको छ।

निर्वाचनमा सत्तारुढ दल काङ्ग्रेसको विद्यार्थी संगठन नेविसङ्घ र एमालेको अनेरास्ववियुले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार