असार २५, २०८२ बुधबार July 9, 2025

एकीकृत समाजवादीका अध्यक्ष नेपाल म्यानमार प्रस्थान

विभिन्न नेताहरूसँग भेटघाट साथै द्विपक्षीय हितका विषयमा छलफल गर्नुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज म्यानमार प्रस्थान गर्नुभएको छ । म्यानमार न्यारेटिभ थिङ् ट्याङ्कको निमन्त्रणामा ‘फोरम अन म्यानमार वियोण्ड–२०२५ च्यालेन्ज एण्ड अपुर्चुनिटीज इन द मल्टिपोलर वर्ल्ड’ कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

करिब एक साताको भ्रमण अवधिमा उहाँले त्यहाँका विभिन्न नेताहरूसँग भेटघाट साथै द्विपक्षीय हितका विषयमा छलफल गर्नुहुने कार्यक्रम छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बिदाइ गर्न पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेसँगै पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई प्रदान गरिएको छ । पार्टी उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष पाण्डेले दैनिक कार्य सञ्चालन गर्नुहुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार