श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेकपा सांसदद्वारा पार्टी फुट्न नदिन नेतृत्वलाई दवाब- ६१ जनाले जारी गरे यस्तो अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः सत्तारुढ नेकपाका  सांसदहरुले आइतबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी  कुनै हालतमा पार्टी फुट्न नदिन नेतृत्वलाई दवाब दिएको छ ।

नेकपाका करिब ६१ जना सांसदहरूले पार्टी विभाजन गर्न नहुने भन्दै हस्ताक्षर अभियान चलाएका छन् । सिंहदरबार स्थित प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको सभाहलमा एक  कार्यक्रममा बोल्दै सांसद विशाल भट्टराईले भने,  ‘अहिले हस्ताक्षर अभियान सञ्चालन गऱ्याैँ, आवश्यक परे पार्टी कार्यालय र नेताहरूको घरमा धर्नासमेत दिनेछौँ । यो झगडा गरेर जुन गाईजात्राजस्तो भइरहेको छ, यो उचित छैन।’

त्यस्तै, सांसद रामकुमारी झाँक्रीले अहिले पार्टी विभाजन गरेर फेरि यस्तै ठूलो पार्टी निर्माण गर्न कठिनाइ हुने बताइन् । उनले भनिन्, ‘अहिले पार्टी विभाजन गरेर सानो बोर्ड झुन्डाएको अर्काे पार्टी त बन्ला, तर मुलुक हाँक्ने पार्टी बन्दैन ।’

यस्तो छ नेकपा सांसदद्धारा जारी अपिलः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया