असार २६, २०८२ बिहिबार July 10, 2025

नागरिक उन्मुक्तिको केन्द्रिय समिति बैठक जारी

समसमायिक राजनीतिक बिषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दी लगायत विभिन्न विषयमा छलफल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ८ चैत । नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय समिति बैठक जारी रहेको छ। पहिलो महाधिवेशन पछि आजवाट सुरू हुन लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो ।

बैठक चैत ८ र ९ गते मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बसिरहेको छ। बैठकमा संरक्षक रेशमलाल चौधरीले सम्बोधन गरिरहेका छन् ।

अध्यक्ष रन्जिता श्रेष्ठले समसमायिक राजनीतिक बिषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दी लगायत विभिन्न विषयमा छलफल गर्न आकस्मिक केन्द्रीय समिति बैठकको आह्वान गरेको जनाएकी छिन् ।

सो बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको छ ।

साथै, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरूपनि केन्द्रीय समिति बैठकमा बस्नेछन् ।

नाउपाको पहिलो महाधिवेशन गत वर्ष पुस २६–२८गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो । पहिलो महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरे पनि अदालतको आदेशका कारण उनी पदमुक्त हुनु परेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार